Kathmandu Press

सिरहाको एक घरबाट ७१७ किलो गाँजा बरामद, घरधनी फरार

बरामद गाँजाको तौल ७१७.६ किलोग्राम छ भने घरधनी फरार रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको हो।
सिरहाको एक घरबाट ७१७ किलो गाँजा बरामद, घरधनी फरार

सिरहा, साउन २ : सिरहाको सुखीपुर नगरपालिका–४ पोखरियास्थित एक घरमा लुकाई राखिएको ठूलो परिमाणको लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ।

बरामद गाँजाको तौल ७१७.६ किलोग्राम छ भने घरधनी फरार रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको हो।

Hardik ivf

गोप्य सूचनाको आधारमा २०८२ साल साउन २ गते बिहान ६ बजे प्रहरी चौकी सिलौर्वा पछवारीका प्रमुख प्रहरी सहायक निरीक्षक नन्दु राउतको कमाण्डमा चार जना प्रहरी र सशस्त्र प्रहरी बल बेसक्याम्प सुखीपुरका सशस्त्र प्रहरी नायब निरीक्षक अनिल कुमार यादवको कमाण्डमा चार गरी आठ जनाको संयुक्त टोली खटिएको थियो।

टोलीले पोखरिया निवासी करिब ६० वर्षीय मेदी यादवको घरमा छापा मार्दा घरभित्र २६ वटा पोका गाँजा फेला परेको थियो।

पछि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी निरीक्षक राज यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

शुक्रबार बिहान थप १ पोका गाँजा फेला परेपछि बरामद पोका संख्या २७ पुगेको छ, जसको कुल तौल ७१७.६ केजी रहेको प्रहरीले जनाएको छ । हाल घरधनी मेदी यादव फरार रहेका छन् र खोजी कार्य जारी रहेको छ।

बरामद गाँजा तथा आवश्यक अनुसन्धानका लागि सम्बन्धित कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १३:०५ बजे, शुक्रबार, साउन २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्