Kathmandu Press

विद्या भण्डारीको सदस्ता नवीकरणबारे पार्टीले छलफलपछि निणर्य लिन्छ : ओली 

भण्डारी सकृय राजनीतिमा फर्कनु हुन्न भन्ने विश्वासका साथ दोस्रोपटक राष्ट्रपति बनाइएको समेत ओलीले बताए। 
विद्या भण्डारीको सदस्ता नवीकरणबारे पार्टीले छलफलपछि निणर्य लिन्छ : ओली 

काठमाडौं, साउन २ : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्ता नवीकरणका विषयमा पार्टीमा छलफल गरेर निर्णय हुने बताएका छन्।  

एमाले पोलिटब्युरो बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त भनाई राखेका हुन्।

भण्डारी सकृय राजनीतिमा फर्कनु हुन्न भन्ने विश्वासका साथ दोस्रोपटक राष्ट्रपति बनाइएको समेत ओलीले बताए। 

ओलीले भण्डारीको सदस्यता हालसम्म नवीकरण नभएको समेत बताएका छन्। उनले राष्ट्रपति सकृय राजनीतिमा आउने कुरा आफूले पत्रिकाबाट थाहा पाएको समेत बताए। 

‘दोस्रो पटक उहाँलाई पार्टीले पठाएको हो। अहिले संवैधानिक व्यवस्था अनुसार फर्किनुहुन्न भनेर जिम्मेवारी दिएको हो। सक्रिय राजनीतिमा आउने कुरा र उचालेका आधारमा अध्यक्ष हुने कुरा फरक हो,’ उनले भने। 

उनले पार्टीमा अराजकता देखिन थालेको भन्दै त्यस्लाई रोकिनुपर्ने पनि बताए। 

प्रकाशित मिति: २०:२४ बजे, शुक्रबार, साउन २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्