Kathmandu Press

कोरोना संक्रमणबाट चितवनमा थप दुई पुरुषको मृत्यु

काठमाडौं, कात्तिक १४ : कोरोना संक्तमणको कारण चितवनमा थप दुई जनाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचाररत चितवनका एक र रुपन्देहीका एक...
कोरोना संक्रमणबाट चितवनमा थप दुई पुरुषको मृत्यु

काठमाडौं, कात्तिक १४ : कोरोना संक्तमणको कारण चितवनमा थप दुई जनाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचाररत चितवनका एक र रुपन्देहीका एक पुरुषको मृत्यु भएको हो। 

चितवनको रत्ननगरपालिका ९ का ८८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो। कात्तिक ११ गते अस्पताल भनाए भएका उनमा १२ गते संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएपछि उनको आईसियु कक्षमा उपचार भइरहेको थियो।

त्यस्तै, रुपन्देहीको बुटवल उपमहानगरपालिका ८ का ८४ वर्षीय पुरुषको उपचारको क्रममा गएराति मृत्यु भएको हो। कात्तिक ३ गते कोरोना पुष्टि भएको उनमा ज्वरो, उच्चरक्तचाप र श्वास प्रश्वासको समस्या रहेको अस्पतालले जनाएको छ। 

प्रकाशित मिति: १७:४८ बजे, शुक्रबार, कात्तिक १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्