Kathmandu Press

चीनबाट च्यांग्रा नआउँदा महंगो भयो हुम्लामा दशैं

हुम्ला, कात्तिक ११ :  सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दसैं महँगो बनेको छ। कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि...
चीनबाट च्यांग्रा नआउँदा महंगो भयो हुम्लामा दशैं

हुम्ला, कात्तिक ११ :  सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैं महँगो बनेको छ। कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले खसी किन्नु पर्दा दशैं महँगो भएको हो।

विगतका वर्षहरुमा प्रत्येक वर्षको दसैंमा चीनबाट चिनियाँ च्याङ्ग्रा आउने भएका कारण सस्तोमा दशैं मनाउने गर्थे भने यो वर्षको दशैं हुम्लीको महँगो बनेको सिमकोट–७ का स्थानीय अमृते विकले बताए।

Hardik ivf

हुम्लाको हिल्सा, लिमी, चुवाखोला, टाके, नेक्पा लगायतका नाकाबाट चिनियाँ च्याङ्ग्रा आउँदा विगतका वर्षका दशैं हुम्लीहरुले सस्तो मूल्यमा खसी किनेर बलि दिने गरेका थिए भने यस पटक च्याङ्ग्रा नआएपछि महँगो मूल्यमा स्थानीय खसी किनेर बलि दिएको विकले बताए।

चीनबाट आएका च्याङ्ग्राको मूल्य हुम्लामा रु १५ हजारसम्म पर्ने गरेको भए पनि स्थानीय खसी खरिद गर्दा २७ हजार रुपैयाँसम्म पर्न गएको हुनाले यो यस पटकको दशैं महँगो भएको अर्का स्थानीय कालु बोहराले बताए। खसी व्यापारी राजेन्द्र बोहराले चीनले सीमा नाका बन्द गरेपछि च्याङ्ग्रा नआउँदा खसीको तौलअनुसार रु १५ देखि २७ हजारसम्ममा विक्री गरिएको बताए।

स्थानीय खसीको मूल्य बढी नै पर्ने गरेको भए पनि यस पटक अन्य विकल्प नहुँदा मूल्य बढेको व्यापारी बोहराले बताए। व्यापारीहरुले चिनियाँ च्याङ्ग्रा नआउँदा दशैंका लागि भनेर बझाङ, बाजुराबाट समेत खसी ल्याएको उनले बताए।

दशैं आउन एक हप्ताअगाडि नै हुम्लामा चिनियाँ च्याङ्ग्रा सदरमुकाम सिमकोटसहित गाउँघरमा भरिभराउ हुने गदर्थे। कोरोनाका कारण नेपाल र चीनको सिमाना हिल्सा नाका यस पटक बन्द हुँदा चिनियाँ च्याङ्ग्रा नभित्रिएका हुन्। (रासस)

प्रकाशित मिति: १६:४६ बजे, मंगलबार, कात्तिक ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्