आजको मौसम : कोशी र मधेस प्रदेशका केही स्थानमा वर्षाको पूर्वानुमान
जल तथा मौसम विज्ञान विभाग अनुसार आज दिउँसो देशभर अधिकांश बदली रहने छ । कोशी र मधेस प्रदेशका केही स्थान तथा अन्य प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
काठमाडौँ, साउन २० : हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग अनुसार आज दिउँसो देशभर अधिकांश बदली रहने छ । कोशी र मधेस प्रदेशका केही स्थान तथा अन्य प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति देशभर अधिकांश बदली रहनुका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकोछ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
प्रकाशित मिति: ०८:१० बजे, मंगलबार, साउन २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)