Kathmandu Press

जुम्लामा जीप दुर्घटना हुदाँ एक जना गम्भीर घाइते

भिजिट कर्णाली यातायात प्रा.ली.को कर्णाली प्रदेश ०२००१ ज ०६३७ नम्बरको सानो जीप दुर्घटना हुदा कास्की पोखरा २९ निवासी २८ बर्षिय रुवी थापाको करङमा चोट लागि गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ । 
जुम्लामा जीप दुर्घटना हुदाँ एक जना गम्भीर घाइते

मुगु, साउन २० : जुम्लामा जीप दुर्घटना हुदाँ एक जना गम्भिर घाईते र अन्य सामान्य घाईते भएका छन् । सोमबार बिहान १०ः३० बजे कालिकोटको हिलसाईड होटल नजिक जीप सड्क तल खसेपछि एक जना गम्भिर घाईते हुनुका साथै अन्य सामान्य घाईते भएका हुन् ।

भिजिट कर्णाली यातायात प्रा.ली.को कर्णाली प्रदेश ०२००१ ज ०६३७ नम्बरको सानो जीप दुर्घटना हुदा कास्की पोखरा २९ निवासी २८ बर्षिय रुवी थापाको करङमा चोट लागि गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ । 

उक्त गाडिमा सवार राष्ट्रिय मानव अधिकार आयोग जुम्ला कार्यालयका प्रमुख कल्पना नेपाल आचार्यले कालिकोटमा गाडि दुर्घटनामा परेको जानकारी दिएकी हुन् ।

जिल्ला प्रहरी कालिकोटका प्रहरी निरीक्षक विरबहादुर सुनारका अनुसार पाल्पा मातागढि गा.पा. वडा नम्बर १ निवासी राष्ट्रिय मानव अधिकार आयोग कार्यालय जुम्लाका प्रमुख कल्पना नेपाल आचार्य, गुल्मि सत्यवति गा.पा.३ निवासी कालिकोट तिला गुफामा कार्यरत डाक्टर सुनिल ज्ञवाली, दार्चुला नौगुफा निवासी तिलागुफाका नर्स अञ्जना धामी, मुगु कार्मारोङ २ निवासी २६ बर्षिय हार्लेन तामाङ, बाँके जिल्ला कोहलपुर ८ निवासी ३५ बर्षिय देवेन्द्र अधिकारी, कर्णाली प्राविधि शिक्षालयमा कार्यरत दोलखा निवासी हिक्मत जिरेल सामान्य घाईते भएका हुन् । 

यसैगरी उक्त गाडिका चालक वीरेन्द्र नगर नगरपालिका वडा नम्बर ९ निवासी बर्ष २५ का रत्न प्रसाद अधिकारी सामान्य घाईते भएका छन् ।

प्रकाशित मिति: ०८:२२ बजे, मंगलबार, साउन २०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्