मंगलबार, मंसिर १६, २०७७

थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कात्तिक ७ : शुक्रबार देशभर थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

देशभरको प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा थप ४४९९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये १६९० महिला र २८०९ पुरुष रहेका छन्।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ।

जसमध्ये ८२९ जनाको केरोना संक्रमणकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 Published Date: Friday, 23rd October 2020 4:36:00 pm