Kathmandu Press

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको निःशुल्क उपचार

सुदूरपश्चिम, कात्तिक ६ : सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेशमा कोरोना भाइरसको परीक्षण तथा उपचार विगतमा झै निःशुल्क रुपमा भइरहेको बताएका छन्।उनले...
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको निःशुल्क उपचार

सुदूरपश्चिम, कात्तिक ६ : सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेशमा कोरोना भाइरसको परीक्षण तथा उपचार विगतमा झै निःशुल्क रुपमा भइरहेको बताएका छन्।

उनले प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थामार्फत कोरोनाको परीक्षण र उपचार निःशुल्क भइरहेको बताए। उनले भने, ‘स्वेच्छाले नमूना संकलन गराई जाँच गर्न चाहने कसैले शुल्क दिन चाहेमा लिन सकिन्छ।’

Hardik ivf

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट कोरोना परीक्षणको शुल्क दिन सक्नेबाट लिने र दिन नसक्नेको हकमा निःशुल्क गर्ने भनी पत्राचार भएको जनाइएको छ। मन्त्रालयको पत्राचारसँगै अस्पताल तथा प्रयोगशालामा कोरोनाको उपचार तथा परीक्षण गराउनेबाट शुल्क लिने÷नलिने भन्ने विषयमा केही अलमल पनि देखिन थालेको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले भने कोरोना उपचार र परीक्षणसम्बन्धी संघीय सरकारको पछिल्लो निर्णय तत्काल कार्यान्वयनमा नआएको जनाएको छ। ‘संघीय सरकारले मातहतका स्वास्थ्य निकायका हकमा यस्तो निर्णय गरेको हुनसक्छ,’ मन्त्री सुवेदीले भने, ‘‘प्रदेशमा कोरोनाको जाँचलगायत सबै कार्य प्रदेशकै नियमानुसार भइरहेको छ।’ प्रदेशको दार्चुला र बाजुराबाहेक सबै जिल्लामा कोरोनाका शंकास्पद व्यक्तिको पीसीआर विधिबाट परीक्षण भइरहेको छ। 

प्रदेशमा कोरोनाका जटिल अवस्थाका बिरामी बढ्दै जान थालेका छन्। जटिल संक्रमितको संख्या बढ्न थालेसँगै प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार विकासको काम पनि अगाडि बढाएको छ। प्रदेशका विभिन्न अस्पतालमा थप २० वटा भेन्टिलेटर थप्ने काम भइरहेको छ।

सुदूरपश्चिममा हालसम्म एक लाख एक हजार २०६ नमूनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। संक्रमितको संख्य आठ हजार ९७३ पुगेको छ  बुधबार साँझसम्म प्रदेशमा एक हजार ५०१ सक्रिय संक्रमित छन्। 

कोभिड–१९ बाट हालसम्म प्रदेशमा २१ जनाको मृत्यु भएको छ। चाडपर्व नजिकिँदै जाँदा पछिल्ला दिनमा बजार क्षेत्रमा किनमेल गर्न आउने सर्वसाधारणको भीड बढ्दै जाँदा कोरोनाको जोखिम थप बढेको छ।

प्रकाशित मिति: २०:२२ बजे, बिहीबार, कात्तिक ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्