Kathmandu Press

बिआरआई अन्तर्गतका आयोजना कार्यान्वयन गर्नुपर्ने बेला भयो: अध्यक्ष तिमिल्सिना

काठमाडौं, कात्तिक ४ :  राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालमा बेल्ट एण्ड रोड परियोजनाअन्तर्गतका आयोजना कार्यान्वयन गर्नुपर्ने बेला भएको बताएका छन्।चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय...
बिआरआई अन्तर्गतका आयोजना कार्यान्वयन गर्नुपर्ने बेला भयो: अध्यक्ष तिमिल्सिना

काठमाडौं, कात्तिक ४ :  राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालमा बेल्ट एण्ड रोड परियोजनाअन्तर्गतका आयोजना कार्यान्वयन गर्नुपर्ने बेला भएको बताएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले नेपालमा बेल्ट एण्ड रोड परियोजना अन्तर्गत छनोट भएका आयोजनालाई कार्यान्वयन गर्नुपर्ने बताएका हुन्।

Hardik ivf

‘महामहिम सी चिन फिङको भ्रमणका बेला हस्ताक्षर भएर आदान–प्रदान भएका २० वटै सहमति र सम्झौताको आर्थिक, रणनीतिक एवं कूटनीतिक महत्व छ। त्यसमध्ये पनि नेपाल र चीनलाई रेल सेवाबाट जोड्नका लागि सम्भाव्यता अध्ययन गर्न दुई देशबीच भएको समझदारी विशेष महत्वको छ’, उनले भने,‘यसबाट नेपालले लामो समयदेखि रेलसँग जोडिनका लागि देखेको सपनामात्र साकार हुने छैन। हाम्रो छिमेकी चीनको बैभव र उच्च आकंक्षालाई पनि एकसाथ विश्वसामू उजागर गर्नेछ।’

अध्यक्ष तिमिल्सिनाले दुवै देशका सरकारले सम्झौता गरेका आयोजनाहरुलाई छिटोभन्दा छिटो अघि बढाउनु पर्ने बताए। सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न बिआरआईले अघि सारेका आयोजनाहरूको सफलताले विशेष महत्व राख्ने तिमिल्सिनाले बताए।

कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले नेपालकातर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको लिखित सन्देश पनि सुनाएका थिए।

कार्यक्रममा नेपालका तर्फबाट अध्यक्ष तिमिल्सिनाका साथै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत, जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई पनि सहभागी थिए।

चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणको वार्षिकोत्सवका अवसर पारेर चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले चीन–नेपाल बेल्ट एन्ड रोड को–अपरेसनमा राजनीतिक दलहरूको प्रथम संयुक्त परामर्श सम्मेलन आयोजना गरेको थियो।

प्रकाशित मिति: २२:४६ बजे, मंगलबार, कात्तिक ४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्