इलाममा कोरोना संक्रमित ८ वर्षीया बालिकाको मृत्यु
काठमाडौं, कात्तिक २ : इलाममा ८ बर्षीय कोरोना संक्रमित बालिकाको मृत्यु भएको छ । इलामको सुर्योदय नगरपालिका– १२ की ८ वर्षीया बालिका मिर्गौला...
काठमाडौं, कात्तिक २ : इलाममा ८ बर्षीय कोरोना संक्रमित बालिकाको मृत्यु भएको छ । इलामको सुर्योदय नगरपालिका– १२ की ८ वर्षीया बालिका मिर्गौला पीडित समेत रहेकी थिईन् ।
४ दिनअघि कोरोना पोजिटिभ पुष्टि भएकी बालिकलाई उपचार गर्दा अवस्था सुधार नदेखिएपछि अस्पतालले शुक्रबार डिस्चार्ज दिएकोमा उनको बाटोमै मृत्यु भएको हो ।
थप उपचारका लागि काठमाडौँ लैजाने बताएपछि बालिकालाई डिस्चार्ज दिइएपनि आफन्तले घर लिएर गएका थिए । राति घर लैजादै गर्दा बालिकाको बाटोमै मृत्यु भएको हो ।
मृगौला पीडित रहेकी ती बालिकाको दुई वटै मृगौलाले काम गर्न छाडेको थियो ।
प्रकाशित मिति: १४:०१ बजे, आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
