बुधबार, कात्तिक ५, २०७७

भारतमा कोरोनाबाट १ लाख १४ हजारको मृत्यु 


काठमाडौं, कात्तिक २ : भारतमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १ लाख १४ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप १०३२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १४ हजार ६४ पुगेको वल्डोमिर्टसले जनाएको हो ।

पछिल्लो २४ घण्टामा ६२ हजार ९२ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७४ लाख ९२ हजार ७२७ पुगेको वल्डोमिर्टसको तथ्याङकमा उल्लेख छ ।

हालसम्म संक्रमितमध्ये अहिलेसम्म ६५ लाख ९४ हजार ३९९ जना संक्रमणमुक्त भएका छन् । ७ लाख ८४ हजार २६४ जनाको उपचार भइरहेको छ ।

 Published Date: Sunday, 18th October 2020 6:45:00 am