Kathmandu Press

कोरोना संक्रमणबाट काभ्रेमा अहिलेसम्म १३ जना को मृत्यु, १२ सय संक्रमित

कोरोना संक्रमणबाट काभ्रेमा अहिलेसम्म १३ जना को मृत्यु, १२ सय संक्रमित
Hardik ivfHardik ivf

धुलिखेल, कात्तिक १ : काभ्रेमा कोरोना संक्रमणबाट अहिलेसम्म १३ जनाको मृत्यु भएको छ।

पाँचखाल नगरपालिका घर भई बनेपा बस्दै आएका ७३ वर्षीय वृद्धको उपचारका क्रममा गएराति धुलिखेल अस्पतालमा मृत्यु भएपछि कोरोना संक्रमणबाट काभ्रेमा अहिलेसम्म मृत्यु हुनेको संख्या १३ पुगेको हो। दमको समस्याबाट पीडित उनलाई गत मंगलबार अस्पताल भर्ना गरिएको र स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। 

यसैगरी कोरोना संक्रमणबाट गत बिहीबार बनेपाका ७० र ५० वर्षीय दुई पुरुषको मृत्यु भएको थियो। दुवै जना मधुमेहका रोगी थिए। ५० वर्षीय पुरुष विगत एक महिनादेखि अस्पतालमा उपचाररत रहेको थियो भने ७० वर्षीय पुरुषको डायलासिसअघि कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोष्टले जनाएको छ। पचास वर्षीय मृतकका भाइको पनि १० दिनअघि कोरोना संक्रमणबाट नै मृत्यु भएको थियो।

यस्तै, बेथानचोक गाउँपालिकाका ७५ वर्षीय कोरोना संक्रमित एक वृद्धाको उपचारको क्रममा गत बुधबार बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको थियो। अहिलेसम्म कोरोना संक्रमणबाट काभे्रपलाञ्चोकमा १३ जनाको मृत्यु भइसकेको छ। तीमध्ये आठ पुरुष र पाँच महिला छन्। जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक हजार २०५ पुगेको छ। तीमध्ये ४४६ महिला र ७५९ पुरुष रहेका छन्।

कूल सक्रिय संक्रमितमध्ये ३७ प्रतिशत अर्थात् १९५ बनेपा नगरभित्रका मात्रै छन्। यस्तै, कूल सक्रिय संक्रमितमध्ये शुक्रबारसम्म सदरमुकाम धुलिखेलमा ३३ प्रतिशत छन्। यसैगरी पनौतीमा ५०, पाँचखालमा ३२, नमोबुद्धमा ३६, मण्डनदेउपुरमा २७, भुम्लु गाउँपालिकमा दुई र रोशीमा ११ जना संक्रमित छन्। 

काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये पाँच गाउँपालिका कोरोनामुक्त छन्। बेथानचोक, तेमाल, खानीखोला र महाभारत गाउँपालिका कोरोना मुक्त भएका हुन्। सबैभन्दा कम संक्रमण भुम्लु गाउँपालिकामा दुईजना रहेका छन्। कूल संक्रमितमध्ये ६३ प्रतिशत पुरुष रहेको पोष्टले जनाएको छ।

अहिलेसम्म २२८ महिला तथा ४२५ पुरुष गरी कूल ६५३ जना उपचारपछि निको भएर घर फर्किसकेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा नरेन्द्र झाले जानकारी दिए। 

उनका अनुसार अधिकांश संक्रमित ४५ वर्ष नाघेका तथ्याङ्कले देखाएको छ। पोष्टका अनुसार हाल सक्रिय संक्रमितमध्ये ३७ महिला र ८७ पुरुष गरी कूल १२४ जना अस्पतालको आइसोलेसनमा तथा १७३ महिला र २४३ पुरुष गरी कूल ४१६ जना होम आइसोलेसनमा छन्। रासस
 

प्रकाशित मिति: २३:१६ बजे, शनिबार, कात्तिक १, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्