Kathmandu Press

कोरोना कहर : वैदेशिक रोजगारीमा रहेका ३२ देशबाट एक लाखभन्दा बढी घर फर्किए

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रकाअनुसार मंगलबारसम्म कोरोनाको महामारीको कारण समस्यामा परेका एक लाख ६  हजार ३ सय २९ जना स्वदेश फर्किएका छन्। 
कोरोना कहर : वैदेशिक रोजगारीमा रहेका ३२ देशबाट एक लाखभन्दा बढी घर फर्किए

काठमाडौं  असोज २९ : कोभिड १९ काकारण वैदेशिक रोजगारीमा रहेका ३२ वटा देशबाट हालसम्म एक लाखभन्दा बढी नेपाली स्वदेश फर्किएका छन्।

विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएपछि मलेसियालगायतका खाडी मुलुकमा रहेका नेपाली रोजगारी गुमाएर घर फर्किएका हुन्।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रकाअनुसार मंगलबारसम्म कोरोनाको महामारीको कारण समस्यामा परेका एक लाख ६  हजार ३ सय २९ जना स्वदेश फर्किएका छन्। 

कोभिड १९ को विश्वव्यापी संक्रमणका कारण वैदेशिक रोजगारीमा रहेर अलपत्र परेका नेपालीको निःशुल्क उद्धार गर्ने भनिएपनि हालसम्म उद्धार गरिएका मध्येमा ५ प्रतिशतमात्र सरकारको लगानीमा उद्धार भएको छ।

महामारीको कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली नागरिकको उद्धार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका २०७७ मन्त्रिपरिषदबाट पारित भएपछि उद्धार कार्य थालनी गरिएको हो।

केन्द्रका संयोजक महेन्द्र प्रसाद गुरागाईकाअनुसार केन्द्रले संकलन गरेको तथ्याङक अनुसार खाडी मुलकहरुमा पनि सबैभन्दा बढी ४ वटा देशबाट धेरै स्वदेश फर्किएका छन्। उनले भने, ‘पहिलो नम्बरमा युएई रहेको छ। जसबाट मंगबारसम्म ३० हजार ६ सय २३ जना स्वदेश फर्किएका छन्।’

तथ्याङकअनुसार दोस्रो स्थानमा कतार रहेको छ। कतारबाट १७ हजार ६ सय ६७ जना स्वदेश फर्किएका छन्। 

तेस्रो नम्बरमा साउदी अरब रहेको छ। साउदीबाट १६ हजार ३ सय ८२ जना स्वदेश फर्किएका छन्। चौंथो नम्बरमा मलेसिया रहेको छ। मलेसियाबाट १४ हजार ९ सय ६५ जना स्वदेश फर्किएका छन्। 

न्युन संख्यामा स्वदेश फर्किने मुलुकमा श्रीलंका रहेको छ। श्रीलंकाबाट हालसम्म ६ जना स्वदेश फर्किएका उनले जानकारी दिए। उनी भन्छन, ‘स्वदेश फर्किनेमा धेरैजसो कम्पनीको खर्चमा आउनेको संख्या रहेको छ।’

दुतावासको सहयोग र कामगर्ने कम्पनीको सहयोगमा गरी ७० प्रतिशतभन्दा बढी छन्। निजी लगानीमा आउने २५ प्रतिशत छन् भने ५ प्रतिशत सरकारको लगानीमा स्वदेश फर्किएको उनले काठमाडौं प्रेसलाई जानकारी दिए। 

नेपाल सरकारबाट श्रम स्वीकृती लिएर गएका भिसा अवधि नसकी अलपत्र परेकालाई सरकारको लगानीमा उद्धार गरिएको बताए। 

कोभिड–१९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितका कारण विदेशमा अलपत्र परेका तथा स्वदेश आउनै पर्नेलाई सरकारले नेपाल आउन सहजीकरण गर्दै आएपनि निःशुल्क उद्धार गर्न नसकेको उनले जानकारी दिए। 

‘दैनिक ८ सयदेखि ३ हजारसम्म स्वदेश फर्किरहेको छन्,’उनले भने । 
स्वदेश फर्किन चाहनेहरु केन्द्रले उपलब्ध गराएको फर्म, तथा दुतावासमा सम्पर्क गरी स्वदेश फर्किन सहज वातावरण बनाइएको उनले बताए।

प्रकाशित मिति: १९:०१ बजे, बिहीबार, असोज २९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्