Kathmandu Press

नेइमारको ह्याट्रिकले विश्वकप छनोटमा ब्राजिलको उत्कृष्ट जित

नेइमारको ह्याट्रिकले विश्वकप छनोटमा ब्राजिलको उत्कृष्ट जित

काठमाडौं, असोज २८ : फिफा विश्वकप २०२२ छनोट अन्तर्गतको खेलमा दक्षिण अमेरिकी छनोटमा ब्राजिलले उत्कृष्ट जित हात पारेको छ । ब्राजिलले बुधबार विहान भएको खेलमा  पेरुलाई ४-२ गोलले पराजित गरेको हो । ब्राजिलको जितमा नेइमारले ह्याट्रिक गरे ।

छनोटमा लगातार दुई जित निकालेसँगै ब्राजिल अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। खेलको पाँचौ मिनेटमा घरेलु टिम पेरुका लागि कारिलोले गोल गरे। २८ मिनेटमा ब्राजिलले पेनाल्टी पायो र नेइमारले उक्त मौकाको सदुपयोग गर्दै खेललाई बराबरी गरे । ३१ मिनेटमा नेइमारले बललाई जाली चुमाए पनि रेफ्रीले अफसाइड घोषणा गरेका थिए । खेलको ५९ मिनेटमा पेरुले खेलमा दोस्रो पटक अग्रता लियो त्यसपछि ६४ मिनेटमा ब्राजिलले बराबरी गोल फर्कायो। रोबर्टो फिर्मिनोले उपलब्ध गराएको पासमा रिचार्लीसनले गोल गरेका थिए। 

Hardik ivf

८३ मिनेटमा ब्राजिलका लागि नेइमारले पेनाल्टी मार्फत गोल गर्दै पुनः अग्रत दिलाए। पेरुका लुइस अब्रामले ब्राजिलका रिबेरोलाई धेकेलेपछि ब्राजिललाई पेनाल्टी दिइएको थियो। ८६ र ८९ मिनेटमा गरी पेरुले दुई वटा रातो कार्ड पाएको थियो। पेरुका काकेडा र जाम्ब्रानलाई रेफ्रीले रातो कार्ड देखाए।

८६ मिनेटमा बेन्चमा रहेका रिजर्भ गोलकिपर काकेडाले अभद्र व्यवाहार देखाएपछि रेफ्रीले रातो कार्ड देखाए। ८९ मिनेटमा जाम्ब्रानले ब्राजिलका रिचार्लीसनलाई मुखमा हिर्काएपछि रातो कार्ड दिइएको थियो। यस्तै इन्जुरी टाइमको चौथो मिनेटमा नेइमारले ह्याट्रिक पूरा गर्दै आफ्नो टिमलाई उत्कृष्ट जित दिलाए । 

मंगलबार राति भएको अर्को खेलमा अर्जेन्टिनाले बोलिभियालाई २–१ गोल अन्तरले पराजित गरेको छ । बोलिभियाको घरेलु मैदान स्टाडियो हेर्नान्डो सिलेसमा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन लाउरेटो मार्टिनेज र जोकुइन कोरेराले समान एक–एक गोल गरे । त्यस्तै बोलिभियाका लागि मार्सेलो मोेरेनोले एक गोल गरे । 

यस्तै दक्षिण अमेरिकी क्षेत्र छनोट अन्तर्गत अर्को खेलमा उरुग्वे पराजित भएको छ । मंगलबार राति भएको खेलमा उरुग्वे इक्वेडरसँग ४–२ गोल अन्तरले पराजित भएको हो ।  

प्रकाशित मिति: १४:०१ बजे, बुधबार, असोज २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्