Kathmandu Press

अभिनेता सौमित्र चटर्जी आईसीयूमा

मुम्बई, असोज २५ : अभिनेता सौमित्र चटर्जीलाई आईसीयूमा भर्ना गरिएको छ। कोरोना संक्रमणका कारण अवस्था गम्भीर भएपछि कोलकातास्थित एक अस्पतालको आइसीयूमा भर्ना गरिएको...
अभिनेता सौमित्र चटर्जी आईसीयूमा

मुम्बई, असोज २५ : अभिनेता सौमित्र चटर्जीलाई आईसीयूमा भर्ना गरिएको छ। कोरोना संक्रमणका कारण अवस्था गम्भीर भएपछि कोलकातास्थित एक अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो।

उनलाई श्वासप्रश्वासमा समस्या भएपछि मंगलबार अस्पताल भर्ना गरिएको थियो। कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो। अभिनेता चटर्जीको अक्सिजनको लेभल एकदम कम भएको जनाएको छ।

Hardik ivf

त्यसपछि उनलाई आईसीयूमा भर्ना गरिएको हो। उनी ८५ वर्ष पुगेका छन्। उमेरका कारण उनी उच्च जोखिमको समूहमा रहेको अस्पतालले जनाएको छ।

न्यूज एजेंसी पीटीआईका अनुसार उनको अक्सिजन लेभल सामान्य बनेको छ। उनको पोटासियमको लेभल भने काम रहेको जनाएको छ। उनको स्वास्थ्य अवस्थामा सुधार आइरहेको चिकित्सकहरुले बताएका छन्।

चटर्जीले अस्कर अवार्ड विजेता निर्देशक सत्यजीत रेसँग काम गरेका थिए। उनका दर्जनौ फिल्म ब्लकबस्टर बनेका छन्। उनले अहिलेसम्म एक सय फिल्ममा काम गरिसकेका छन्।

प्रकाशित मिति: १८:२५ बजे, आइतबार, असोज २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्