Kathmandu Press

तनहुँमा चलचित्र निर्माण कार्यशाला

चलचित्र विकास बोर्डको आर्थिक सहयोग तथा आदिवासी जनजाति चलचित्र महासंघको सहकार्यमा कार्यशाला आयोजना गरिएको हो। 
तनहुँमा चलचित्र निर्माण कार्यशाला

तनहुँ, वैशाख २७ : जिल्लाको भिमाद नगरपालिका-२ रघुगाउँमा मगर चलचित्रकर्मी संघको आयोजनामा प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला सम्पन्न भएको छ। 

दोस्रो विश्वयुद्धमा रणकौशल प्रदर्शन गरेर भिक्टोरिया क्रसबाट सम्मानित नेत्रबहादुर थापा मगरको गाउँलाई प्रवद्र्धन तथा आदिवासी चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यशालामा ६ वटा लघु चलचित्र निर्माण गरिएको छ। 

Hardik ivf

चलचित्र विकास बोर्डको आर्थिक सहयोग तथा आदिवासी जनजाति चलचित्र महासंघको सहकार्यमा कार्यशाला आयोजना गरिएको हो। 

कार्यशाला उद्घाटनसत्रमा भिमाद नगरपालिका–२ रघुगाउँका अध्यक्ष दिनेश थापा मगरले यहाँ आयोजित कार्यशालाको माध्यमबाट रघुगाउँको प्रवर्धन हुनुका साथै हाम्रा संस्कार, संस्कृति चलचित्रमा उतारिएको बताए। 

पाँचदिने कार्यशालामा आदिवासी जनजाति महासङ्घमा आबद्ध  चलचित्रकर्मीमध्ये बाराबाट खगेन्द्र थामी, चितवनबाट नेत्र गुरुङको सहभागिता रहेको थियो भने कुमाल समुदायबाट छविलाल कुमाल सहभागी भएका थिए। पच्चीस सहभागीमध्येबाट छनोट भएका ६ वटा कथा समेटेर रघुगाउँका विभिन्न ठाउँमा छायांकन गरिएको थियो। 

प्रकाशित मिति: १३:३७ बजे, बिहीबार, वैशाख २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्