Kathmandu Press

रास्वपाका केन्द्रीय सदस्य कार्की भन्छन्– ओली–प्रचण्डलाई अँगालो मार्दा ‘मिसन ०८४’ ले हावा खायो

रास्वपा नेता कार्कीले रास्वपाका कारणले संसद अवरुद्ध भएकोप्रति दुःख समेत व्यक्त गरेका छन्। उनले सभापति सरकारमा गएकाले पार्टीमा बढी क्षति गरेको बताउँदै पार्टी भनेकै रवि लामिछाने भन्ने भ्रम फैलाइएको उल्लेख गरे।
रास्वपाका केन्द्रीय सदस्य कार्की भन्छन्– ओली–प्रचण्डलाई अँगालो मार्दा ‘मिसन ०८४’ ले हावा खायो

काठमाडौं, वैशाख २७ : रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले ‘नो नट एगेन’ भनेका केपी ओलीलाई अँगालो मारेर प्रचण्डलाई बोक्न गएपछि ‘मिसन ०८४’ ले हावा खाएको बताएका छन्।

कार्कीले रास्वपा सरकारमा गएर गल्ति गरेको बताउँदै यसले मिसन ०८४ लाई ठूलो क्षति गर्ने दाबी समेत गरेका छन् । पुराना पार्टीलाई अंगालो हालेपछि रास्वपाको मिसनमा धक्का पुगेको र यस्तै अवस्था रहने हो भने पार्टीको औचित्य नै सकिने ठोकुवा उनले गरेका छन्। न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा कार्कीले यस्तो राखेका हुन्।

‘हामी सरकारमा मिसन ०८४ कै आधारमा जान खोजेको हो, गएको पनि हो। तर अर्कैको मिसन ०८४ को लागि पुग्यौ । हामीले नो नट एगेन भनेको ओलीलाई अँगालो मारेर प्रचण्डलाई बोक्न गएपछि मिसन ०८४ ले हावा, खायो,’ उनले भनेका छन्, ‘हामीलाई यसले मिसन ०८४ मा ठूलो क्षति गर्छ । यो निर्णयले कसैलाई पनि खुसी दिएको छैन।’

Hardik ivf

कार्कीले सरकारबाट रास्वपा जतिसक्दो बाहिरियो त्यति नै पार्टीलाई राम्रो हुने तर्क पनि गरेका छन् । सरकारमा रास्वपा सहभागी हुनु नै गलत भएको भनाई कार्कीको छ।

रास्वपाले सरकारमा जानुको औचित्य देखाउन नसक्दा जनताहरूले नयाँ र पुरानाको फरक छुट्याउन नसकेको समेत बताए । एक प्रसङ्गमा उनले रास्वपाले पार्टी सभापति रवि लामिछाने र व्यक्ति रवि लामिछानेलाई छुट्याएर हेर्नुपर्ने भनाई समेत राखेका छन्।

व्यक्तिगत रूपमा रवि लामिछानेसँग जोडिएका मुद्दामा पार्टी जोडिन नहुने उनको तर्क गर्दै उनले छानविनका लागि संसदीय समिति बनाए पनि रास्वपाले आपत्ति मान्न नहुने जिकिर गरे।

‘विपक्षीले संसद् रोकेर संसदीय छानबिन गर्नुपर्छ भन्यो भने बनाउनु पर्छ भन्ने हो । तर, यहाँ समस्या देखियो, यो दुःखद् छ,’ उनले भने, ‘मुद्दाहरू सवालहरू राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको विरुद्ध होइन । यो रास्वपा गठन हुनुपूर्व रवि लामिछानेको विरुद्धको मुद्दा हो। सभापति रवि लामिछाने र एउटा मिडिया चलाउने रवि लामिछाने अलगअलग हुन्।’

रास्वपा नेता कार्कीले रास्वपाका कारणले संसद अवरुद्ध भएकोप्रति दुःख समेत व्यक्त गरेका छन्। उनले सभापति सरकारमा गएकाले पार्टीमा बढी क्षति गरेको बताउँदै पार्टी भनेकै रवि लामिछाने भन्ने भ्रम फैलाइएको उल्लेख गरे।

रवि लामिछानेविरुद्धको मुद्दाको भारी पार्टीले बोक्न नहुने तर्क कार्कीको छ । व्यक्तिगत रूपमा लामिछानेसँग जोडिएका मुद्दामा रास्वपालाई जोड्न नहुने उनको भनाइ छ।

प्रकाशित मिति: १८:५६ बजे, बिहीबार, वैशाख २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्