Kathmandu Press

अकूत सम्पत्ति कमाएको अभियोगमा सीडीई शर्माविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, असोज १५ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा जलस्रोत तथा सिँचाइ विभागका सीडीई सुरेशकुमार शर्माविरुद्ध विशेष अदालतमा मुद्दा दायर...
अकूत सम्पत्ति कमाएको अभियोगमा सीडीई शर्माविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, असोज १५ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा जलस्रोत तथा सिँचाइ विभागका सीडीई सुरेशकुमार शर्माविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

विभिन्न आयोजना तथा कार्यालयमा कार्यरत रहँदा शर्माले पदीय दुरुपयोग गरेर तीन करोड ६ लाख ५४ हजार ९३२  रूपैयाँ बराबर स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको पाइएको आयोगको अनुसन्धानबाट खुलेको छ। 

Hardik ivf

आयोगका अनुसार २०५२ माघ २५ गते राप तृतीय श्रेणी इञ्जिनीयर पदमा अस्थायी नियुक्ति लिई सार्वजनिक सेवामा प्रवेश गरेका शर्माले २०५३ साउन ४ गतेदेखि स्थायी भएको पाइएको छ। यस्तै, आर्थिक वर्ष २०७६÷७७ सम्मको परीक्षण अवधिमा सिर्जित सम्पत्ति एवम् खर्च भएको विवरणको तुलना गर्दा आय अस्वाभाविक देखिएको आयोगको आरोप छ।

शर्माको बैध आय दुई करोड ३५ लाख ३१ हजार ६७४ रूपैयाँ रहेको छ। खर्च तथा लगानी भने पाँच करोड ४१ लाख ८६ हजार ६०६ रूपैयाँ रहेको पाइएको छ। वैध आयभन्दा बढी खर्च गरी खरिद गरेका चलअचल सम्पत्ति एवम् विद्यमान सम्पत्ति तथा खर्च लगानीको स्रोत नखुलेको पाइएको आयोगले जनाएको छ। 

अवैध रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती बबिता फुँयाल शर्माको नाममा समेत राखेको पाइएको छ। आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी शर्माको अवैध सम्पत्ति जफथ गरी हदैसम्मको कारवाहीको माग गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो । 

अवैध तरिकाले कमाएको सम्पत्ति आफू र श्रीमतीको नाममा जग्गा खरिद गरेको, विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गरेको तथा विभिन्न कम्पनीको संस्थापक एवम् साधारण शेयर समेत खरिद गरेको पाइएको छ। 
 

प्रकाशित मिति: ०१:१० बजे, शुक्रबार, असोज १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्