Kathmandu Press

बाँकेमा कोरोना संक्रमणबाट ३५ वर्षीया महिलाको मृत्यु

नेपालगञ्ज, असोज १४ :  बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।कोरोना संक्रममित नेपालगन्ज उपमहानगरपालिका- १, की ३५ वर्षीया महिलाको भेरी अस्पतालमा...
बाँकेमा कोरोना संक्रमणबाट ३५ वर्षीया महिलाको मृत्यु
सांकेतिक तस्वीर।

नेपालगञ्ज, असोज १४ :  बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

कोरोना संक्रममित नेपालगन्ज उपमहानगरपालिका- १, की ३५ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ।

Hardik ivf

श्वासप्रश्वासमा समस्या भएपछि ती महिला असोज २ गते भेरी अस्पतालमा भर्ना भएकी थिइन्। अस्पताल भर्ना भएपछि गरिएको कोरोना परीक्षणमा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना पुष्टि भएपछि ती महिलालाई कोभिड आइसोलेसन वार्डमा सारिएको थियो। 

योसँगै बाँकेमा कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ।

प्रकाशित मिति: ००:१७ बजे, बिहीबार, असोज १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्