Kathmandu Press

काठमाडौंमा ७४७ सहित उपत्यकामा थपिए ९३४ जना कोरोना संक्रमित

काठमाडौंमा ७४७ सहित उपत्यकामा थप ९३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
काठमाडौंमा ७४७ सहित उपत्यकामा थपिए ९३४ जना कोरोना संक्रमित
फाइल तस्वीर।

काठमाडौं, असोज १३ :  काठमाडौंमा ७४७ सहित उपत्यकामा थप ९३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ९३४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

Hardik ivf

उनका अनुसार काठमाडौंका ७४७, भक्तपुरका ७३ र ललितपुरका ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै, मंगलबार नेपालमा थप १५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ। संक्रमितमध्ये ५५ हजार ३७१ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४९१ जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार मंगलबार कोरोनालाई जितेर ७३१ जना घर फर्किएका छन्।

प्रकाशित मिति: २२:१५ बजे, मंगलबार, असोज १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्