Kathmandu Press

नेपाली फुटबल टिमका पूर्वकप्तान सागर थापा ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं, असोज १३ : नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापालाई ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन्। मनास्लु वर्ल्ड कलेजले पूर्वकप्तान सागर थापालाई मंगलबार आफ्नो...
नेपाली फुटबल टिमका पूर्वकप्तान सागर थापा ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं, असोज १३ : नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापालाई ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन्। 

मनास्लु वर्ल्ड कलेजले पूर्वकप्तान सागर थापालाई मंगलबार आफ्नो ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो। सो सम्बन्धी सम्झौता पत्रमा मनास्लुका तर्फबाट अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठ तथा थापाले हस्ताक्षर गरेका छन्। थापासँग कलेजले एक वर्षको सम्झौता गरेको छ।

Hardik ivf

कार्यक्रममा अध्यक्ष लामाले मनास्लुले शिक्षासँगै खेलकुदको माध्यमबाट अतिरिक्त क्रियाकलापलाई पनि महत्वमा राखेको छ भन्ने सन्देश दिन पूर्वकप्तान थापालाई ब्रान्ड एम्बासडर बनाएको बताए।

प्रिन्सिपल श्रेष्ठले नेपाललाई फुटबलको माध्यमबाट चिनाउन सफल खेलाडीलाई मनास्लुको ब्रान्ड एम्बासडर बनाउन पाउँदा खुशी लागेको बताए। उनले खेलाडीलाई अवसर दिनुका साथै प्रतिभावन खेलाडीको संरक्षण गर्न मनास्लु सक्दो सहयोग गर्न तयार रहेको प्रतिबद्ध जनाए।

पूर्व कप्तान थापाले टिमसँग सहकार्य गर्ने अवसर दिएकोमा मनास्लु परिवारलाई धन्यवाद दिँदै खेलकुदको पाटोमा विशेष गरी फुटबलमा के गर्नु पर्छ त्यसका लागि सक्दो सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए।

भारतमा सन् २०११ मा भएको साफ च्याम्पियनसिपअनतर्गत समूह ‘बी’ को लिग चरणको खेलमा बंगलादेशविरुद्ध खेलको अन्तिम समयमा फ्रिकिकमार्फत सागरले गरेको गोलले विश्वव्यापी चर्चा कमाएको थियो।

यसै शैक्षिक वर्षदेखि सुरु भएको मनास्लुले यसअघि यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बुलाई प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति दिएको थियो। मनास्लुले फुटबलका साथै बास्केतबल, तेक्वान्दो, क्रिकेट र भलिबल गरी हाल सम्म ५५ खेलाडीलाई पूर्ण र आंशिक छात्रवृत्ति प्रदान गरिसकेको प्रिन्सिपल श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: २१:०२ बजे, मंगलबार, असोज १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्