बुधबार, कात्तिक ५, २०७७

कोरोना भाइरस  : भारतमा हर्ड इम्युनिटीको बहस, के हो हर्ड इम्युनिटी ?

काठमाडाैं : भारतमा ६० लाख भन्दा धेरै मानिस कोरोना भाइरसबाट संक्रमित बनिसकेका छन्। जसमा ५० लाख निको भएका छन् भने करिब १० लाख काेराेनाकाे एक्टिभ केस छ।

यहीबीचमा भारतमा दोस्रो सिराबाट सर्भेहरु गरिएकाे छ। जसको नतिजाको पर्खाइमा सिंगो भारत छ। किनकी यही अध्ययनबाट पत्ता लाग्ने छ की कोरोनाबाट संक्रमित हुनेको संख्या यही नै हो की यो भन्दा बढी छ।

यसै क्रममा भारतका स्वास्थ्यमन्त्रीको एक भनाइ सामाजिक संजालमा निकै भाइरल भइरहेको छ। स्वास्थ्यमन्त्री डाक्टर हर्षवर्धनले भारत अहिलेसम्म पनि हर्ड इम्युनिटी भन्दा धेरै टाढा भएको बताएका छन्। गत तीन साता यता उनले जनतासँग 'सन्डे संवाद' गरिरहेका छन्। यही कार्यक्रममा जनताले उनलाई प्रश्न सोध्छन्। उनले केही छानिएका प्रश्नको जवाफ दिने गरेका छन्। 

यसैक्रममा २७ सेप्टेम्बरमा बेंगलुराका सोमनाथले स्वास्थ्यमन्त्री हर्षबर्धनसँग प्रश्न गरेका छन्, 'आईसीएमआरको सर्भेको रिपोर्टले जनतामा भ्रम फैलाएको छ। धेरै मानिस कोरोना संक्रमित बनिसकेको र आउने दिनमा पनि यो संख्या बढ्ने डर पैदा भएको छ। जनतामा भएको यो किसिमको मानसिकतासँगै सरकार कोभिड–१९ संक्रमणबाट कसरी जुध्न सक्छ?'

यसको जवाफमा स्वास्थ्यमन्त्री हर्षबर्धनले भनेका छन्, 'आईसीएमआरले देशमा अहिलेसम्म दुई तरिकाले अध्ययन गरेकाे छ। मे महिनामा पहिलो अध्ययन भएको थियो। त्यो अध्ययन अनुसार भारतमा कुल जनसंख्याको ०.७३ प्रशित मानिस कोरोना संक्रमणको चपेटामा छन्। हालै आईसीएमआरले गरेको अध्ययन अनुसार देशका २१ राज्यका ७० जिल्लाबाट नमूना लिइएको छ। यस सर्भेबाट भारत अहिले पनि हर्ड इम्युनिटीबाट धेरै टाढा छ। दोस्रो सर्भेको नतिजा चाँडै बाहिर आउनेछ।'

स्वास्थ्यमन्त्रीको जवाफपछि भारतमा सामाजिक संजालमा हर्ड इम्युनिटीका बारेमा बहस सुरु भएको छ। मानिहरुले अनेक कोणबाट प्रश्न गरिरहेका छन्। हर्ड इम्युनिटी के हो र यो कहिलेसम्म आउँछ? यो किन आवश्यक छ? यस्तै प्रश्न सामाजिक संजालमा उठिरहेका छन्।

स्वास्थ्यमन्त्री डा.हर्षबर्धनका अनुसार कुनै पनि जनसंख्यामा हर्ड इम्युनिटी तब हासिल हुन्छ जब जनसंख्याको ६० देखि ७० प्रतिशत मानिसमा संक्रमण फैलन्छ। हालै गरिएका अध्ययनले भारतमा हर्ड इम्युनिटीको स्थिती आइनसकेको निष्कर्ष निकालेका छन्। भारतमा अहिले पनि ठूलो जनसंख्याको हिस्सा कोरोनाबाट बचिरहेको छ। यद्यपी मानिसले यी अध्ययनको नतिजाबारे राम्ररी बुझ्न सकेका छैनन्।

के हो हर्ड इम्युनिटी? 

यदी कुनै संक्रमण जनसंख्याको ठूलो हिस्सामा फैलन्छ भने मानिसको रोग प्रतिरोधात्मक क्षमता त्यो रोगको संक्रमणलाई बढ्नबाट रोक्न सहयोग गर्छ भने मानिस रोगबाट लडेर पुरै ठिक हुन्छन्। यो त्यो रोगबाट इम्युन हुन्छ, अर्थात मानिसमा प्रतिरक्षात्मक गुण विकसित हुन्छ। भाइरससँग लड्न सक्ने सक्षम इन्टिबडी तयार हुन्छ। जब कुल जनसंख्याको ६० देखि ७० प्रतिशत मानिस कुनै रोगबाट प्रभावित हुन्छन् भने त्यो जनसंख्यामा हर्ड इम्युनिटी विकास हुन्छ। त्यसले ३० देखि ४० प्रतिशत मानिसलाई परोक्षरुपमा सुरक्षासमेत मिल्छ। किनकी भाइरस जब दोस्रो व्यक्तिको शरीरमा इन्फेक्सन पैदा गर्नका लागि तयार हुन्छ भने मानिसको शरिरमा पहिले देखिनै इम्युनिटी हुन्छ। यस्तो अवस्थामा 'चेन अफ ट्रान्समिसन' टुट्न पुग्छ।

पब्लिक हेल्थ केयर फाउन्डेसन अफ इन्डियाका अध्यक्ष प्रोफेसर डा.के श्रीनाथ रेड्डी यसलाई एक उदाहरण दिएर सम्झाउने कोशिस गर्छन्, 'हर्ड इम्युनिटीले संक्रमण नभएका मानिसलाई पनि सुरक्षा दिन्छ। जस्तै एक भिआइपी हिडिरहेकाे छ र उससँग सुरक्षा गार्ड छन्। जसले ती भिआइपीलाई सरक्षा दिन्छ। हर्ड इम्युनिटीलाई यहीरुपमा बुझ्नु पर्छ।'

हर्ड इम्युनिटी र भ्या्क्सिन, कुनलाई पर्खने ?

डा. रेड्डीका अनुसार हर्ड इम्युनिटीको अवस्था भारतका कुनै कुनै राज्यमा आयो भनेपनि भ्याक्सिन नै पर्खनु पर्नेछ। यदी दिल्लीमा ६० देखि ७० प्रतिशत जनता संक्रमित भए भने रायपुरमा १० प्रतिशत संक्रमित हुन्छन्। दिल्लीमा जो मानिस संक्रमित छैनन् उनीहरु हर्ड इम्युनिटीका कारण कोरोना संक्रमणबाट बच्न सक्छन्। त कुनै कारण उनीहरु रायपुर गएभने उनीहरु पनि संक्रमित हुन सक्ने रेड्डीको भनाइ छ। यही कारण हर्ड इम्युनिटी भन्दा भ्याक्सिन नै कोरोनाबाट बच्ने सुरक्षित उपाय भएको उनको भनाइ छ।


बीबीसी हिन्दीबाट  अनुवाद 

 Published Date: Thursday, 1st October 2020 7:17:00 am