Kathmandu Press

सम्झना विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग

काठमाडौं, असोज १३ : नेपाल दलितमुक्ति संगठनले सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको घटनाका दोषी पत्तालगाई हदैसम्मको कारबाही गर्नुपर्ने माग गरेको छ।‘घटना भएको...
सम्झना विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग
Hardik ivfHardik ivf

काठमाडौं, असोज १३ : नेपाल दलितमुक्ति संगठनले सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको घटनाका दोषी पत्तालगाई हदैसम्मको कारबाही गर्नुपर्ने माग गरेको छ।

‘घटना भएको ६ दिन पुगिसक्दासमेत अपराधीको पहिचान गर्न नसकेकाले तत्काल सत्यतथ्य छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाही गर्न र पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसमक्ष जोडदार माग गर्दछ,’ संगठनद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ। 

बझाङ जिल्लाको मष्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट संगठनका अनुसार घटना विवरणअनुसार बुधबारको दिन खिकालाबाट पशुचौपाया बाँध्न करिब ५ बजे साँझ गएकी बालिका अबेरसम्म पनि घर नफर्केपछि खोजी गर्दै जाँदा स्थानीय शिवमन्दिरभित्र उनको शव क्षतविक्षेत अवस्थामा फेला परेको थियो। 

विज्ञप्तिमा भनिएको छ, ‘देशैभरि दलितमाथि घटेका हत्या तथा भेदभावका घटनामाथि तत्काल कानून बमोजिम कारवाही नगर्दा यस्ता खाले घटना दोहोरिँदै जाने र अपराधीको मनोबल बढ्दै जाने भएकाले यसखाले घटना दोहोरिन नदिन राज्यका तर्फबाट विशेष कदम चाल्न सरकार समक्ष जोडदार माग गर्दछौं।’

प्रकाशित मिति: १८:०४ बजे, मंगलबार, असोज १३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्