Kathmandu Press

थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो 

नेपालमा थप १३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ।
थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो 
सांकेतिक तस्वीर।

काठमाडौं, असोज ९ : नेपालमा थप १३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३१३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए। 

Hardik ivf

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ। संक्रमितमध्ये ५१ हजार ८६६ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४५९ जनाको मृत्यु भएको छ। 

प्रवक्ता गौतमका अनुसार शुक्रबार कोरोनालाई जितेर १४५५ जना घर फर्किएका छन्।

प्रकाशित मिति: २२:०२ बजे, शुक्रबार, असोज ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्