Kathmandu Press

सुर्खेतमा खोलामा नवजात शिशुको शव भेटियो

वीरेन्द्रनगर, असोज ९ : सुर्खेतको वीरेन्द्रनगरमा खोलामा बगिरहेको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका–४ र ६...
सुर्खेतमा खोलामा नवजात शिशुको शव भेटियो
Hardik ivfHardik ivf

वीरेन्द्रनगर, असोज ९ : सुर्खेतको वीरेन्द्रनगरमा खोलामा बगिरहेको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका–४ र ६ को बीचमा पर्ने खोर्केखोलाको रातो पुल नजिक शिशुको शव भेटिएको हो। प्रहरीले शव बालकको रहेको जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले जन्मेलगत्तै शिशु फालिएको हुनसक्ने बताए। 

“शवको प्रकृति हेर्दा जन्मिने बित्तिकै फ्याँकिएको देखिन्छ”, उनले भने,“कसले किन फालेको हो भन्नेबारे अनुसन्धान सुरु भइसकेको छ।” प्रहरीले घटनास्थलबाट मुचुल्का उठाएर शव परीक्षणका लागि प्रदेश अस्पताल कालागाउँ पठाएको छ। रासस

प्रकाशित मिति: २१:५० बजे, शुक्रबार, असोज ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्