Kathmandu Press

कोरोना संक्रमित कैदी अस्पतालको आइसोलेसनबाटै भागे

स्याङ्जा, असोज ९ : कोरोना भाइरस संक्रमित स्याङ्जाका एक जना कैदी अस्पतालको आइसोलेसनबाटै भागेका छन्।अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय युवक भिरकोट नगरपालिकाको हेलुमा...
कोरोना संक्रमित कैदी अस्पतालको आइसोलेसनबाटै भागे

स्याङ्जा, असोज ९ : कोरोना भाइरस संक्रमित स्याङ्जाका एक जना कैदी अस्पतालको आइसोलेसनबाटै भागेका छन्।

अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेकै वेला गएराति भागेको प्रहरीले जनाएको छ। गाई मारेको अभियोगमा पक्राउ परेर कारागारमा रहेकै बेला उनलाई कोरोना संक्रमण भएको थियो।

संक्रमण देखिएपछि कारागारमा ठाउँ अभाव भएकाले कालिका सामुदायिक अस्पताल हेलुको आइसोलेसनमा राखिएको थियो। उपचार चलिरहेकै वेला गएराति पानी अस्पतालबाट भागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए।

उनलाई भदौ २८ गते कोरोना संक्रमणको पुष्टि भएपछि अस्पतालको आइसोलेसनमा राखिएको थियो। अस्पतालबाट भागेका कोरोना संक्रमित युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १५:५३ बजे, शुक्रबार, असोज ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्