Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए ७५५ जना कोरोना संक्रमित 

काठमाडौं उपत्यकामा थप ७५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
काठमाडौं उपत्यकामा थपिए ७५५ जना कोरोना संक्रमित 
फाइल तस्वीर।

काठमाडौं, असोज ८ :  काठमाडौं उपत्यकामा थप ७५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ७५५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Hardik ivf

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ६०९, भक्तपुरका ५१  र ललितपुरका ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै, बिहीबार नेपालमा थप १४९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ। संक्रमितमध्ये ५० हजार ४११ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४५३ जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार बिहीबार कोरोनालाई जितेर  ४५७ जना घर फर्किएका छन्।  

प्रकाशित मिति: २२:१४ बजे, बिहीबार, असोज ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्