शनिबार, कात्तिक १५, २०७७

थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि  

सांकेतिक तस्वीर।

काठमाडौं, असोज ८ :  नेपालमा थप  १४९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४९७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ। संक्रमितमध्ये ५० हजार ४११ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४५३ जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार बिहीबार कोरोनालाई जितेर  ४५७ जना घर फर्किएका छन्।  

 Published Date: Thursday, 24th September 2020 4:19:00 pm