किट सकिएपछि वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण बन्द
धरान, असोज ८ : किट सकिएपछि धरानको बिपी कोइराला स्वासथ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण बन्द भएको छ।पटकपटक आग्रह गरेपनि संघीय सरकार र प्रदेश...
धरान, असोज ८ : किट सकिएपछि धरानको बिपी कोइराला स्वासथ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण बन्द भएको छ।
पटकपटक आग्रह गरेपनि संघीय सरकार र प्रदेश सरकारले पीसीआर परीक्षणका आवश्यक किट उपलब्ध नगराएको प्रतिष्ठानले जनाएको छ। जसले गर्दा तीन दिनदेखि कोरोना परीक्षण गर्न सकिएको छैन।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले किट नभएकाले पीसीआर परीक्षण राकिएको बताए। संघीय सरकार र प्रदेश सरकारले किट नपठाएका कारण पीसीआर परीक्षण बन्द भएको र शल्यक्रिया समेत प्रभावित भएको उनको भनाइ छ।
कोरोना परीक्षण नहुँदा अन्य उपचार पनि प्रभावित भएको छ। विशेष गरेर नयाँ बिरामीको शल्यक्रिया गर्न सकिएको छैन। पीसीआर परीक्षण गरेपछि मात्रै शल्यक्रिया गरिने भएकाले प्रभावित बिरामी प्रभावित भएका हुन्। यसले आकस्मिक कक्षका बिरामी बढी प्रभावित भइरहेका छन्।
प्रतिष्ठानका निर्देशक डा. गौरीशंकर साहले पनि किट अभावका कारण पीसीआर परीक्षण बन्द भएको बताए। सरकारले किट उपलब्ध गराएपछि पुनः परीक्षण थालिने उनको भनाइ छ।
