ललितपुरको वागमती गाउँपालिकामा पहिरो, पाँच घाइते
काठमाडौं, असोज ८ : ललितपुरस्थित वागमती गाउँपालिका ३ भेट्टेडाँडाको कान्ति लोकपथमा पहिरो गएको छ। पहिरोमा परी दुई टिपर र एक मोटरसाइकल पुरिएका छन्। बुधबार...
काठमाडौं, असोज ८ : ललितपुरस्थित वागमती गाउँपालिका ३ भेट्टेडाँडाको कान्ति लोकपथमा पहिरो गएको छ। पहिरोमा परी दुई टिपर र एक मोटरसाइकल पुरिएका छन्।
बुधबार साँझ गएको पहिरोमा परी पाँच जना घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।
धाइतेमध्ये एकको अवस्था गम्भीर भएको र अन्य चार जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइते भएका सबै जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।
प्रकाशित मिति: १७:५३ बजे, बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार