Kathmandu Press

रोमाञ्चक खेलमा सुपर ओभरमा दिल्ली विजयी

काठमाडौं, असोज ५ : दुबईमा आइतबार राति भएको इन्डियन प्रिमियर लिगको दोस्रो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । निर्धारित ओभरको खेल बराबरीमा...
रोमाञ्चक खेलमा सुपर ओभरमा दिल्ली विजयी
Hardik ivfHardik ivf

काठमाडौं, असोज ५ : दुबईमा आइतबार राति भएको इन्डियन प्रिमियर लिगको दोस्रो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । निर्धारित ओभरको खेल बराबरीमा टुंगिएपछि सुपर ओभरमा दिल्लीले किंग्स इलावेन पञ्जावलाई हरायो ।

पहिला ब्याटिङ गर्दै दिल्लीले दिएको १५८ रनको लक्ष्य पछ्याएको पञ्जाबले पनि ८ विकेट गुमाउँदै १५७ रन मात्रै बनाउन सकेपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा पहिला ब्याटिङका लागि आएको पञ्जाले २ रन मात्र बनाउन सक्यो । ३ रनको लक्ष्य दिल्लीले २ बेल खेल्दै भेट्टायो । सुपर ओभरमा दिल्लीलाई जित दिलाउन कागिसो रबाडाले उत्कृष्ट बलिङ गरे । 

यसअघि दिल्लीले दिएको १५८ रनको लक्ष्य पछ्याएको पञ्जाब जित नजिक पुगेर पनि जित भने निकाल्न सकेन । अन्तिम ३ बलमा १ रन चाहिएको अवस्थामा उसले लक्ष्य भेट्टाउन सकेन । पञ्जाबका लागि मयंक अग्रवालले सर्वाधिक ८९ रन बनाए । उनले ६० बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरे । यस्तै, कप्तान केएल राहुलले २१, कृष्णप्पा गौत्वामले २० रन बनाए । 

दिल्लीका रविचन्द्रन आविश्वनले १ ओभरमा २ रन खर्चेर २ विकेट लिए । यस्तै, रबाडा, स्टोइनिसले समान २ विकेट लिए । यअसघि पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन मात्रै बनाउन सक्यो । दिल्लीका लागि इस्टोनिसले सर्वाधिक ५३ रन बनाए भने कप्तान श्रेयस ऐयरले ३९ र ऋषव पन्तले ३१ रन बनाए । 

अन्तिम १४ बलमा ४९ रन बनाएका स्टोइनिसले २१ बल खेल्दै ७ चौका र ३ छक्का प्रहार गरे भने ऐयरले ३२ बलमा ३ छक्का प्रहार गरे । पञ्जावका मोहम्मद सामीले ३ र सेल्डन कोट्रेलले २ विकेट लिए ।

प्रकाशित मिति: १३:२८ बजे, सोमबार, असोज ५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्