Kathmandu Press

पायलले अनुरागलाई लगाइन यौन दुर्व्यवहारको आरोप

मुम्बई, असोज ४ : बलिउड अभिनेत्री पायल घोषले निर्देशक अनुराग कश्यपलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन्।उनले एक भिडियो जारी गरि अनुरागलाई यौन...
पायलले अनुरागलाई लगाइन यौन दुर्व्यवहारको आरोप

मुम्बई, असोज ४ : बलिउड अभिनेत्री पायल घोषले निर्देशक अनुराग कश्यपलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन्।

उनले एक भिडियो जारी गरि अनुरागलाई यौन दुर्व्यवहार गरेको आरोप लगाकी हुन्। उनले भिडियोमा भनेकी छन्, 'अनुरागले मलाई आफ्नो घरमा बोलाएर जबरजस्ती गर्न खोजेका थिए।' तर, उनले यसको आफूसँग कुनै प्रमाण नभएको पनि बताएकी छन्।

भारतमा मिटू अभियान चलिरहेका वेला पनि ट्वीट गरेर यसबारे बोलेको उनले बताएकी छन्। त्यतिवेला धेरैले ट्वीट डिलिट गर्न सल्लाह दिएको र आफन्तको सल्लाह मानेर डिलिट गरेको उनले बताएकी छन्। त्यसपछि अनुरागले आफूलाई वाट्सएपमा ब्लक गरेको उनको भनाइ छ।

Hardik ivf

अनुरागसँग तीन पटक भेट भएको बताउँदै तेस्रो भेटमा जबरजस्ती गर्न खोजेको आरोप लगाएकी छन्। उनले भनेकी छन्, .पहिलो भेट अनुरागको अफिसमा भएको थियो। दोस्रो भेट उनको घरमा भएको थियो। तेस्रो पटक उनले घरमा बोलाउँदा गएकी थिए। त्यसवेला उनले जबरजस्ती गर्न खोजे।'

उनले आफूले नै अनुरागसँग मिल्न खोजेको पनि बताएकी छन्। फिल्मबारे कुराकानी गर्न मिलेको उनको भनाइ छ।

तर, अनुरागले भने यसलाई निराधार आरोप भनेका छन्। उनले भनेका छन्, 'मैले न यस्तो गरेको छु, न यस्ताे गर्नेका विरुद्ध बोल्न बन्द गर्छु।'

 

प्रकाशित मिति: १९:०६ बजे, आइतबार, असोज ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्