नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध
चितवन, असोज २ : नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खस्दा फेरि सडक अवरुद्ध भएको छ।भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा आज बिहान पहिरो खसेको हो।...
चितवन, असोज २ : नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खस्दा फेरि सडक अवरुद्ध भएको छ।
भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा आज बिहान पहिरो खसेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार चौध किलो र सत्र किलोको पहिरो हटाइसकिएको छ भने केराबारीमा गएको पहिरो पन्छाउने काम भइरहेको छ।
पहिरोसँगै झरेको लेदोले करिब १०० मिटर सडक ढाकेको उनले बताए। पहिरो पन्छाउन तीन घन्टासम्म लाग्नसक्ने भट्टले बताए।
पहिरोका कारण सवारी साधन बाटोमा रोकिएका छन्। यो सडकमा सोमबार रातिदेखि पटकपटक पहिरो खस्दै आएको छ। बिहीबार पनि पहिरोले घन्टौ सडक अवरुद्ध भएको थियो।
प्रकाशित मिति: ०९:३९ बजे, शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार