Kathmandu Press

मनसुन सकिन लागेपछि बस्ती स्थानान्तरणको कार्यविधि बन्दै

काठमाडौं, असोज १ : सरकारले १० दिनभित्र बाढीपहिरोको उच्च जोखिममा रहेका बस्ती सार्न कार्यविधि तयार गर्ने भएको छ। बालुवाटारमा बिहीबार बसेको विपद् व्यवस्थापन परिषद्‍को...
मनसुन सकिन लागेपछि बस्ती स्थानान्तरणको कार्यविधि बन्दै

काठमाडौं, असोज १ : सरकारले १० दिनभित्र बाढीपहिरोको उच्च जोखिममा रहेका बस्ती सार्न कार्यविधि तयार गर्ने भएको छ। 

बालुवाटारमा बिहीबार बसेको विपद् व्यवस्थापन परिषद्‍को बैठकले बाढी पहिरोले क्षति गरेका र उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण तथा पुनर्स्थापनाका लागि कार्यविधि बनाउने निर्णय गरेको हो। 

Hardik ivf

मनसुन सुरु भएयता  नेपालमा बाढी पहिरोबाट ठूलो जनधनको क्षति भएको छ। सिन्धुपाल्चोक, कालिकोट, बागलुङ लगायतका जिल्लामा बाढी पहिरोले ठूलो जनधनको क्षति भएपछि उच्च जोखिममा रहेका बस्ती स्थानान्तरण गर्ने विषयमा छलफल भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए।

भूकम्पपछिको पुनर्निर्माणको अनुभवलाई आधार मान्दै बस्ती व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउने, दिगो कसरी बनाउने भन्ने विषयमा छलफल भएको उनले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको  बैठकमा गृहमन्त्री रामबहादुर थापा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठी, भौतिक मन्त्री बसन्त नेम्वाङ र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसहित तीनवटै सुरक्षा निकायका प्रमुख सहभागी थिए।
 

प्रकाशित मिति: १६:१८ बजे, बिहीबार, असोज १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्