Kathmandu Press

बुन्डेसलिगा दर्शकले रंगशालामै गएर हेर्न पाउने 

काठमाडौं, भदौ ३१ : बुन्डेस लिगाको नयाँ सिजन दर्शकले रंगशलामै गएर हेर्न पाउने भएका छन्। कोरोना संक्रमण क्रमशः कम हुँदै गएपछि जर्मन सरकारले...
बुन्डेसलिगा दर्शकले रंगशालामै गएर हेर्न पाउने 

काठमाडौं, भदौ ३१ : बुन्डेस लिगाको नयाँ सिजन दर्शकले रंगशलामै गएर हेर्न पाउने भएका छन्। कोरोना संक्रमण क्रमशः कम हुँदै गएपछि जर्मन सरकारले बुन्डेस लिगाको नयाँ सिजनमा दर्शकलाई रंगशाला प्रवेशमा अनुमति दिएसँगै दर्शकले बुन्डेसलिगा प्रत्यक्ष हेर्न पाउने भएका हुन्। 

सरकार र बुन्डेस लिगाले लामो छलफलपछि रंगशालाको क्षमताको आधारमा २० प्रतिशत दर्शकलाई रंगशालामा प्रवेश दिने निर्णय गरिएको हो। बुन्डेस लिगाका १८ क्लबले सुरक्षाका मापदण्ड कडाईका साथ पालना गर्ने सहमति गरेपछि जर्मन सरकारले २० प्रतिशत दर्शकलाई रंगशाला प्रवेश गर्न अनुमति दिएको हो। 

सरकारले रंगशालामा दर्शक आउन अनुमति दिएसँगै बुन्डेस लिगाको उद्घाटन खेलमा १५ दर्शक रंगशाला आउने भएका छन्। सेप्टेम्बर १९ मा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख र साल्केबीचको खेलसँगै बुन्डेस लिगाको नयाँ सिजन सुरु हुनेछ।

प्रकाशित मिति: १५:१७ बजे, बुधबार, भदौ ३१, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्