वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण पोखरामा हुने
लिग भदौ २० देखि २८ गतेसम्म पोखराको बहुउद्देश्यीय कभर्ड हलमा आयोजना हुने आयोजकले जनाएको छ।-1755602751.png)
काठमाडाैं, भदाै ४ : दोस्रो संस्करणको वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) पोखरामा आयोजना हुने भएको छ।
लिग भदौ २० देखि २८ गतेसम्म पोखराको बहुउद्देश्यीय कभर्ड हलमा आयोजना हुने आयोजकले जनाएको छ।
पोखराको कर्भड हलमा लिग आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति दिइसकेको र यसबारे नेपाल भलिबल संघलाई जनकारी गराई सकिएको आयोजकले जनाएको छ।
सुन्दर पोखरा शहर भलिबलप्रतिको उत्साह, सक्रिय खेलसंस्कृति र दर्शकको उच्च सहभागिताका कारण यो लिगका लागि उपयुक्त स्थान मानिएको हो।
यस पटकको आयोजना विकेन्द्रीकरण र खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखरामा गर्न लागिएको आयोजकको भनाई छ।
प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। जसमा ५४ स्वदेशी र १८ विदेशी खेलाडीको सहभागिता रहनेछ।
स्वदेशी खेलाडीका लागि यसअघि नै अक्सन सम्पन्न भइसकेको छ। सहभागी टोलीले विदेशी खेलाडी अनुबन्धको प्रक्रिया अघि बढाइसकेका छन्।
इडब्लुभीको आधिकारिक मनोरञ्जन साझेदारका रूपमा टिकटक रहेको छ। जसले लिगको प्रचार–प्रसार, दर्शकको सहभागिता एवम् खेलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रसारण गर्नेछ।












-(86)-1764936079.jpg)