Kathmandu Press

नेपालको खराब ब्याटिङ, मेलबर्न रेनिगेट्सलाई दियो १४० रनको झिनो लक्ष्य

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १३९ रन मात्रै बनाउने सक्यो।
नेपालको खराब ब्याटिङ, मेलबर्न रेनिगेट्सलाई दियो १४० रनको झिनो लक्ष्य

काठमाडाैं, भदाै ४ ; अस्ट्रेलियामा जारी टप इन्ट टि–२० सिरिजका पाँचौं खेलमा नेपालले खराब ब्याटिङ गरेको छ। डर्विनमा जारी खेलमा नेपालले मेलबर्न रेनिगेट्सलाई १४० रनको समान्य लक्ष्य दिएको छ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १३९ रन मात्रै बनाउने सक्यो।

नेपालका लागि कशुल मल्ले सर्वाधिक २९ रन बनउाँदा कप्तान दीपेन्द्रसिंह ऐरीले २७, लोकेश बमले २४, भीम सार्कीले १७ र रुपेश सिंहले १६ रन बनाए।

बलिङमा रेनिगेट्सका फर्गुस ओनिल, कालुम स्टोअ, लचलन बान्गस र मिचेल आर्चरले समान २ विकेट लिए।

प्रकाशित मिति: १३:०५ बजे, बुधबार, भदौ ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्