Kathmandu Press

शशांक कोइरालाकाे आईसीयूमा राखेर उपचार हुँदै

काठमाडौं, भदौ ३१ : कोरोना भाइरसको संक्रमणका कारण अस्पताल भर्ना भएका कांग्रेस महामन्त्री डा.शशांक कोइरालालाई आईसीयूमा राखेर उपचार भइरहेको छ।ज्वरो बढेपछि उनलाई सोमबार...
शशांक कोइरालाकाे आईसीयूमा राखेर उपचार हुँदै

काठमाडौं, भदौ ३१ : कोरोना भाइरसको संक्रमणका कारण अस्पताल भर्ना भएका कांग्रेस महामन्त्री डा.शशांक कोइरालालाई आईसीयूमा राखेर उपचार भइरहेको छ।

ज्वरो बढेपछि उनलाई सोमबार साँझ ओम हस्पिटल एन्ड रिसर्च सेन्टरमा भर्ना गरिएको थियो। उनलाई ओम अस्पतालको आइसोलेसन बार्डको आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।

Hardik ivf

बुधबार अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी श्रेष्ठले प्रेस विज्ञप्ति जारी गरि डा.कोइरालाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन्। उनको अस्पतालका मेडिकल डाइरेक्टर एवं सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले उपचार गरिरहेको विज्ञप्तिमा जनाएको छ।

उनको उपचारमा डा.विश्वनाथ कोइरालासँगै सिनियर कन्सल्ट्यान्ट पल्मोनोलाजिस्ट डा. सुबोधसागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभस्ट डा. प्रमेशसुन्दर श्रेष्ठलगायतको टिम संलग्‍न रहेको छ। डा.कोइरालालाई प्यारासिटामोल दिएर आईसीयूमा राखिएको अस्पतालले जनाएको छ।

महामन्त्री डा.कोइरालालाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसयता उनी होम आइसोलेसनमा बसिरहेका थिए। तर, मंगलबार एकाएक ज्वरो बढेपछि ओम अस्पताल भर्ना गरिएको हो।

प्रकाशित मिति: १३:५६ बजे, बुधबार, भदौ ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्