Kathmandu Press

सुशान्त–रिया र ड्रग्स : बलिउडमा ड्रग्सको कहानी किन बाहिर आउँदैन?

गत आइतबार नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले यही विषयमा छानबिन गर्न अन्य ६ जनालाई गिरफ्तार गरेको छ।
सुशान्त–रिया र ड्रग्स : बलिउडमा ड्रग्सको कहानी किन बाहिर आउँदैन?
Hardik ivfHardik ivf

काठमाडौं, भदौ ३१ : बलिउड अभिनेता शुसान्त सिंह राजपूतको मृत्युको अनुसन्धान अहिले नशाको अँध्यारो दुनिँयासम्म पुगेको छ। ड्रग्सको मामलामा रिया चक्रवतीकाे भाइ शौविक चक्रवर्ती र रिया आफैं जेल पुगेका छन्। गत आइतबार नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले यही विषयमा छानबिन गर्न अन्य ६ जनालाई गिरफ्तार गरेको छ।

रियाकाविरुद्ध अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको विषयमासमेत उजुरी दर्ता गरिएको छ। जसको सिबीआईले जाँच गरिरहेको छ। एनसीबीको अनुसन्धानपछि फिल्म इन्डस्ट्रिमा समेत यसको निकै चर्चा भइरहेको छ। राज्यसभामा समाजवादी पार्टीकी सांसद जया बच्चनले शुन्य समयमा बोल्दै केही मानिसका कारण पुरै इन्डस्ट्रीको छवी खराब हुन नसक्ने बताइन्। उनले लोकसभामा फिल्म इन्डस्ट्रीसँग सरोकार राख्ने एक लोकसभा सदस्यलाई हेर्दा लाज लाग्ने बताइन्। सोमबार भारतीय जनता पार्टीका सांसद रवि किशनले लोकसभामा फिल्म इन्डस्ट्रीमा ड्रगको प्रयोगकाे विषय उठाएका थिए। उनले यस सम्बन्धमा छानबिन गरि कडा कारबाही गर्न मागसमेत गरेका थिए।

ड्रगको मामला बाहिर आएपछि अहिले केही विषयले चर्चा कमाइ रहेका छन्। कंगना रनौतले बलिउडका ९९ प्रतिशत मानिस नशायुक्त पदार्थ सेवा गर्ने आरोप लगाएकी छन्। तर रविना टन्डनले टोकरीमा भएका केही कुहिएका स्याउले सबै स्याउलाई नकुहाउने बताएकी छन्।

कंगनाको अरोप

अभिनेत्री कंगना रनौतले ९९ प्रतिशत बलिउडकर्मीले नशायुक्त पदार्थ सेवन गर्ने आरोप लगाएकी थिइन्। तर मुम्बई पुलिसले कंगनामाथि समेत छानबिन गरिरहेको छ। किनकी कंगनाका नजिकका साथी अध्ययन सुमनले कंगनाले आफुलाई ड्रग्स सेवन गराउन खोजेको आरोप लगाएका छन्। कंगनाको एक इन्टाग्राम भिडियोसमेत अहिले भाइरल भइरहेको छ। जसमा कंगना आफैंले ड्रग्स सेवन गर्ने गरेको स्वीकारेकी छिन्।

यी सबै समचार आइरहेका बेला बलिउडका केही स्टारमाथि एनसीबीले नजर राखिरहेको छ। यद्यपी एनसीबीका डेपुटी डायरेक्टर केपीएर मल्होत्राले भनेका छन्, 'हामी यो विषयमा जाँच गरिरहेका छौं। चाँजमा केही मानिसको नाम आएको छ। मिडियामा ती नामलाई लिएर जे चर्चा भइरहेको छ त्यो अनुमान मात्रै हो। तर जसको नाम चर्चामा आएको छ। उनीहरु माथि छानबिन भइरहेको छ। त्यसैले अहिले नै नाम सार्वजनिक गर्न मिल्दैन।'

केपीएस मल्होत्राका अनुसार जाँच र खोबीनमा ड्रग्सको कारोबारी र त्यसको सेवन गर्ने फिल्मी कलाकार पत्ता लगाउने कोशिस भइरहेको छ। ताकी ड्रग्सको जाललाई फैलनबाट रोक्न सकियोस। यो घटनामा बलिउडका स्टारहरुले मौनता साँधेका छन्। उनीहरुले यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।

शार्लिन चोपडाको दाबी

यद्यपी अभिनेत्री शार्लिन चोपडाले बलिउडमा ड्रग्सको प्रयोग गरेको स्वीकार गर्दै कंगनाको जस्तै आरोप लगाएकी छन्। 'मलाई विश्वास गर्नुस् बलिउडमा पाँच प्रतिशत मानिस मात्रै नशा सेवन गर्दैनन् हेला,' उनले भनेकी छन्। शार्लिनको यो दाबीले सनसनी मच्चिएको छ। किनकी अहिलेसम्म आधिकारिक जाँचमा बलिउड स्टारमा ड्रग्सको सेवनको विषयको खुलासा भएको छैन।

'शुरुवातमा मलाई फिल्म निर्माताले पार्टीमा बलाउथे। तब मलाई लाग्थ्यो की त्यहाँ जाँदा नेटवर्किङ हुन्छ। मानिसहरुसँग परिचय हुन्छ। जसका कारण काम पाउन सहज हुन्छ। तर मैले त्यहाँ देखेँ की बलिउडका पार्टीमा नेटवर्किङ कम र नशा धेरै हुन्छ। यो बुझेपछि मैले पार्टीमा जानै छोडिदिएँ,' उनले भनेकी छन्।

एनसीबीका डेपुटी डायरेक्टर केपीएस मल्होत्राले पहिले पनि ड्रग्स सेवनको उजुरी आउने गरेको बताए। 'एकपटक जब यो घटना बाहिर आएपछि एजेन्सीले छानबिन गर्छ र दोषी पाइएमा कारबाही हुन्छ,' उनले भने। यद्पी शार्लिनले अनुसन्धानले खास केही नगर्ने बताएकी छन्। 'एनसीबीको जाँचबाट पेडलर्स र डिलर्सको नाम बाहिर आउँछ। केही मानिस केही समयका लागि लुक्नेछन्। जब यो विषय शान्त हुन्छ उनीहरु बाहिर निस्कनेछन् र आफ्नो काम थाल्नेछन्,' उनले भनेकी छन्।

बलिउडमा ड्रग्स र नशाका चर्चित घटना

बलिउडमा ड्रग्सका घटनाले धेरै पटक सनसनी मच्चाएका छन्। फिल्म जगतका केही हस्ती ड्रग्सकै कारण जेलसमेत परेका छन्। केही हस्तीले ड्रग्स रिह्याबीलिटेशनमा आफ्नो उपचार गराएका छन्। 

संजय दत्त

अभिनेता संजय दत्तले ड्रग्स सेवन गरेको घटना बलिउडमा हालसम्मकै चर्चित घटना हो। उनका पिता सुनील दत्तले उनलाई रिह्याब सेन्टर लगेका थिए। त्यसपछि मात्रै संजयले बलिउडमा पुनरागमन गरेका थिए। संजयको जीवन माथि बनेको फिल्म 'सन्जुु'लेसमेत यसलाई पुष्टि गरेको छ।

प्रतिक बब्बर

राज बब्बर र स्मिता पटेलका छोरा प्रतिक बब्बरले समेत १३ वर्षको उमेरमा ड्रग्स सेवन गर्न सुरु गरेको स्वीकार गरेका थिए। यद्यपी उनले रिह्याब सेन्टरमा उपचार गराएर ड्रग्सबाट छुटकरा पाएका थिए। प्रतिक ड्रग्स प्रयोगपछि पनि सामान्य अवस्थामा फर्किएकोमा आफु भाग्यमानी भएको ठान्छन्।

फरदीन खान

फिरोज खानका छोरा फरदिन खानलाई सन् २००१ मा मुम्बई पुलिसले ड्रग्ससहित पक्राउ गरेको थियो। फरदिन खानको घटना कोर्टसम्म पुगेको थियो। जहाँ उनले रिह्याब सेन्टरमा आफ्नो उपचार गराएपछि स्वीकार गरेका थिए।

डीजे अकिल 

संजय खानका ज्वाई डिजे अकिल सन् २००७ मा दुबईमा प्रतिबन्धित ड्रग्स सेवन गरेको आरोपमा पक्राउ परेका थिए। यद्यपी उनीविरुद्ध कुनै सबुत प्राप्त हुन सकेन। चर्चित क्यारेक्टर आर्टिस्ट विजय राजलाई सन् २००५ मा दुबईमा ड्रग्स सेवनको आरोपमा हिरासतमा लिइएको थियो। विजय त्यो समय फिल्म 'दिवाने हुए पागल'की सुटिङ गर्न गएका थिए। यद्यपी उनले यो घटनामा आफु निर्दोष रहेको बताए। 

राहुल महाजन 

एक समयमा भारतीय जनता पार्टिका ठूला नेता रहेका प्रमोद महाजनका छोरा तथा टिभी शो बिग बोसबाट चर्चामा आएका राहुल महाजनको नाम समेत ड्रग्ससँग जोडियो। राहुल महाजनमाथि ड्रग्स सेवन गरेको आरोपसमेत लाग्यो र उनी जेल जानु पर्याे। उनीमाथि आरोप लागेको थियो की ड्रग्सको ओभरडोजका कारण नै उनको स्वास्थ्य बिग्रिएको थियो। उनलाई गम्भीर अवस्थामा अस्पताल लगिएको थियो। तर उनले आफुमाथि लागेका सबै आरोप गलत भएको बताएका थिए।

कस्ता हुन्छन् मुम्बईका पार्टी?

मुम्बईमा फिल्म स्टारका पार्टीसमेत धेरै प्रकारका हुन्छन्। जहाँ अलग–अलग प्रकारले मनोरन्जन गर्ने गरिन्छ। कहिले फिल्मको सफलताको नाम त कहिले मुहुर्तका नामा पार्टी हुन्छन्। जहाँ फिल्मको टिमसँग मिडियासमेत हुन्छन्। यस्ता पार्टीमा स्टारको चमकधमक हुन्छ र रक्सीका बोतलसमेत हुन्छन्। तर ड्रग्स भने हुँदैन। मिडियाको उपस्थितमा स्टारहरुले जन्मदिनको पार्टीसमेत मनाउँछन्। त्यहाँ समेत यस्तो केही हुँदैन। यस्तो अवस्थामा प्रश्न उठ्छ की आखिर किन पार्टीमा ड्रग्स प्रयोगको समचार आउँछन्? यद्यपी फिल्म स्टारहरु प्राइभेट पार्टीकाे आयोजना समेत गर्छन्। जहाँ मिडिया बोलाइएको हुँदैन। यसका साथै डिस्को र पबमा समेत धेरै पार्टी हुन्छन्। बलिउडमा ड्रग्सको कनेक्सन कहिले काहीँ मात्रै सार्वजनिकरुपमा बाहिर आउँछन्। धेरै जसो चाहिँ मौकामा मात्र बाहिर ल्याउने गरिन्छ।

बीबीसी हिन्दीबाट

प्रकाशित मिति: १३:४८ बजे, बुधबार, भदौ ३१, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्