शनिबार, कात्तिक १५, २०७७

दाङमा थप २६ जनालाई कोरोना संक्रमण 

null

तुलसीपुर, भदौ ३० : दाङमा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। नयाँ संक्रमितमध्ये १४ पुरुष र १२ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ। संक्रमितमध्ये ४० हजार ६३८ जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्म कोरोना संक्रमणबाट ३७१ जनाको मृत्यु भएको छ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार कोरोनालाई जितेर १०६२ जना घर फर्किएका छन्। 
 

 Published Date: Tuesday, 15th September 2020 11:18:00 am