थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौ ३० : नेपालमा थप १४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४५९ जनामा कोरोनाको...
काठमाडौं, भदौ ३० : नेपालमा थप १४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४५९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ। संक्रमितमध्ये ४० हजार ६३८ जना निको भएर घर फर्किएका छन्।
प्रवक्ता गौतमका अनुसार मंगलबार कोरोनालाई जितेर १०६२ जना घर फर्किएका छन्।
प्रकाशित मिति: १६:१५ बजे, मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(4)-1753887070.jpg)