Kathmandu Press

बाढी र पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी, भदौ ३० : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा आएको बाढी र पहिरोले सडक बगाएपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध...
बाढी र पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
Hardik ivfHardik ivf

म्याग्दी, भदौ ३० : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा आएको बाढी र पहिरोले सडक बगाएपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ।

करिब दुई सय मिटर सडक पहिरो र रुप्सेखोलाको बाढीले बगाएपछि सोमबारदेखि सवारी आवत–जावत अवरुद्ध भएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए। मान्छे पनि हिँड्न नमिल्ने गरी ट्र्याक बगाएको छ, उनले भने, मानिस आउजाउ गर्ने काठको अस्थायी पुल (साँघु) बनाएका छौँ। पहिरो नरोकिए र बाढी कम नहुँदासम्म सडक मर्मत गर्न गाह्रो छ।

सडक अवरुद्ध हुँदा मुस्ताङमा ढुवानी र अत्यावश्यक कामका लागि आवतजावत पनि प्रभावित भएको छ। ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा आवतजावत प्रभावित भएको छ। सडक मर्मत गरी यातायात सञ्चालनका लागि पहल गरिएको मुस्ताङका प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए। यसअघि गत असार २६ गतेदेखि अवरुद्ध भएको सडक यही भदौ ९ गतेदेखि सञ्चालनमा आएको थियो।

असार २६ गते रघुगङ्गा नदीमा आएको बाढीले भत्काएको गलेश्वरको बेलिब्रिज साउन २७ गते मर्मत गरेर सञ्चालन गरिएको थियो। यसैगरी साउन ५ गते रुप्सेखोलामा आएको बाढीले निर्माणाधीन र चालू अवस्थामा रहेको दुई वटा मोटरेबल पुलसहित रुप्सेमा सडक बगाएको थियो।

प्रकाशित मिति: १३:४३ बजे, मंगलबार, भदौ ३०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्