Kathmandu Press

एकै खेलमा ५ खेलाडीलाई रातो कार्ड, नेयमार पनि परे 

काठमाडौं, भदौं २९ :  ब्रजिलियन फुटबल स्टार नेयमार सहित एकै खेलका पाँच खेलाडीलाई रेड कार्ड देखाइएको छ ।लिग वान अन्तर्गत आइतबार राति भएको...
एकै खेलमा ५ खेलाडीलाई रातो कार्ड, नेयमार पनि परे 
Hardik ivfHardik ivf

काठमाडौं, भदौं २९ :  ब्रजिलियन फुटबल स्टार नेयमार सहित एकै खेलका पाँच खेलाडीलाई रेड कार्ड देखाइएको छ ।

लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा मार्सिलेसँग पीएसजी १–० गोलले पराजित हुँदा नेयमारसहित पाँच खेलाडीलाई रेड कार्ड देखाइएको थियो ।

खेलाडीहरुबीच अन्तिम समयमा धक्काधक्की चलेपछि नेयमारसहित पाँच खेलाडीले रातो कार्ड खाएका हुन् । जसमा पीएसजीका ३ तथा मार्सेका दुई खेलाडी हुन् । नेयमारले अल्भारो गोन्जालेजलाई हिर्काएपछि रातो कार्ड खाएका हुन् ।

खेलको इन्जुरी समयमा पीएसजीका नेयमार र लेभिन कुर्जावा तथा मार्सेका जोर्डन एमाभीले सीधै रातो कार्ड खाए भने पीएसजीका ल्यान्द्रो डानियल पारेदेस र मार्सेका डारियो बेनेडेट्टोले दोहोरो पहेंलो कार्डपछि रातो कार्ड खाएका थिए ।

तनावपूर्ण खेलको ३१ औं मिनेटमा फ्लोरियन थाउभिनले गोल गर्दै मार्सेलाई अग्रता दिलाएका थिए । 

प्रकाशित मिति: ०८:१७ बजे, सोमबार, भदौ २९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्