Kathmandu Press

बलिउड सुपरहिट फिल्म 'ड्रिम गर्ल'का निर्देशकलाई कोरोना

बलिउड सुपरहिट फिल्म 'ड्रिम गर्ल'का निर्देशकलाई कोरोना

मुम्बई, भदौ २८ : बलिउड स्टार आयुष्मान खुरानाको सुपरहिट फिल्म ड्रिम गर्लका निर्देशक राज शान्डिल्यलाई कोरोना भाइरसको संक्रमण भएको छ।

हल्का खोकी र रुघा लागेपछि उनले कोरोना परीक्षण गरेका थिए। कोरोना परीक्षणमा पोजिटिभ आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

Hardik ivf

उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ। उनी लकडाउनको समयमा झाँसीस्थित घरमै थिए। केही दिन अघि पत्नीसहित मुम्बई आएका थिए।

उनले सामाजिक सञ्जालमा यसको जानकारी दिँदै आफूलाई कोरोना भएको बताएका छन्। सामान्य रुघाखोकी लागिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले जनाएका छन्।

यसअघि थुप्रै बलिउड स्टारलाई कोरोना संक्रमण भएको थियो। बलिउड अभिनेता अमिताभ बच्चन, उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या, नातिनी आराध्या निको भइसकेका छन्।

त्यस्तै, पछिल्लो समय अर्जुन कपूर, मलाइका अरोडा, आफताब शिवदासानी र हिमानी शिवपुरलाई कोरोना संक्रमण भएको छ। उनीहरुको होम आइसोलेसनमा बसिरहेका छन्

प्रकाशित मिति: १३:५५ बजे, आइतबार, भदौ २८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्