Kathmandu Press

गुर्नेइको स्थानमा कोलकाताले किन्यो अली खान

काठमाडौं, भदौ २७ : आईपीएलको १३ औं संस्करणका लागि कोलकाता नाइट राइडर्सले नयाँ खेलाडी अनुबन्ध गरेको छ।अघिल्लो सिजन उत्कृष्ट प्रदर्शन गरेका इंग्लिस बलर...
गुर्नेइको स्थानमा कोलकाताले किन्यो अली खान
Hardik ivfHardik ivf

काठमाडौं, भदौ २७ : आईपीएलको १३ औं संस्करणका लागि कोलकाता नाइट राइडर्सले नयाँ खेलाडी अनुबन्ध गरेको छ।

अघिल्लो सिजन उत्कृष्ट प्रदर्शन गरेका इंग्लिस बलर ह्यारी गुर्नेइ घाइते भएपछि कोलकाताले उनको स्थानमा अमेरिकी खेलाडी अली खानलाई अनुबन्धन गरेको हो।

कोलकातामा आबद्ध भएसँगै उनी आईपीएल खेल्ने पहिलो अमेरिकी खेलाडी बनेका छन्। भर्खरै सम्पन्न क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा उत्कृष्ट प्रदर्शन गरेपछि अली खानलाई कोलकाता नाइट राइडर्सले अनुबन्ध गरेको हो।

२९ वर्षीय खानले कोलकाताकै स्वामित्वमा रहेको क्लब ट्रिनबागो नाइट राइडर्सबाट सीपीएल खेलेका थिए। ट्रिनबागोलाई च्याम्पियन बनाउने क्रममा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले ८ खेलमा ७.४३ को इकोनोमीमा ८ विकेट लिएका थिए।

अली खान यो सिजनको सीपीएलको सबैभन्दा सफल फास्ट बलर हुन्। उनले पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग, ग्लोबल टी–२० लिग क्यानडा लगायत फ्रेन्चाइज टी–२० लिग खेलिसकेका छन्।

खानले सन् २०१६ मा आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन–४ मार्फत अमेरिकी सिनियर टिममा डेब्यू गरेका थिए।

प्रकाशित मिति: १४:५९ बजे, शनिबार, भदौ २७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्