‘लज्जावती झार’ मा यसरी लजाए महेश र आँचल (भिडियो)
काठमाडौं, भदौं २३ : ‘माया बिरानी’ र ‘नाच फिरिरी’ बोलका लोकप्रिय गीतबाट चर्चाको शिखरमा रहेका गायक महेश काफ्लेको ‘लज्जावती झार’ सार्वजनिक भएको छ।महेशकै...
काठमाडौं, भदौं २३ : ‘माया बिरानी’ र ‘नाच फिरिरी’ बोलका लोकप्रिय गीतबाट चर्चाको शिखरमा रहेका गायक महेश काफ्लेको ‘लज्जावती झार’ सार्वजनिक भएको छ।
महेशकै शब्द, संगीत र स्वर रहेको उक्त गीतमा अस्मिता अधिकारीको पनि स्वर रहेको छ । प्रेममा आधारित गीतको भिडियोलाई असिफ शाहले निर्देशन गरेका हुन् भने गीतको भिडियोमा महेश र चर्चित नायिका आँचल शर्मालाई देख्न सकिन्छ ।
हरि हुमागाईंले खिचेको भिडियो लोकेश बज्राचार्यले सम्पादन गरेका छन् । सोमबार अपराह्न सार्बजनिक गीतले पनि प्रारम्भिक समयमा लोकप्रियता पाएको छ ।
यो समाचार तयार पार्दासम्म महेशको ‘लज्जावती झार’ ले झण्डै १ लाख ५० हजार भ्यूअर सहित युटुब ट्रेनिङको १८ औं नम्बरमा रहेको छ ।
महेशका यसअघि का ‘नाच फिरिरि’, ‘माया बिरानी’ लगायतका गीत सर्वाधिक लोकप्रिय भईसकेका छन् ।
भिडियो :
प्रकाशित मिति: ०९:०८ बजे, मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार