Kathmandu Press

चितवनमा थप ७४ जनामा कोरोना भाइरसको संक्रमण

भरतपुर, भदौ १९ : चितवनमा थप ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।भरतपुर कोभिड प्रयोगशाला र चितवन मेडिकल कलेज कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा...
चितवनमा थप ७४ जनामा कोरोना भाइरसको संक्रमण

भरतपुर, भदौ १९ : चितवनमा थप ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

भरतपुर कोभिड प्रयोगशाला र चितवन मेडिकल कलेज कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा थप ७४ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

Hardik ivf

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ५७ जना र भरतपुर कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण देखिएको हो।

चितवनमा थपिएका संक्रमितमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका रहेका छन्। भरतपुर महानगरका ५६ जना, राप्ती नगरपालिकाका नौ, खैरहनी नगरपालिकाका चार, रत्ननगर नगरपालिकाका तीन र कालिका नगरपालिकाका दुई जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

बालबालिकादेखि वृद्धवृद्धामा पनि संक्रमण देखिएको छ। उनीहरु एकदेखि ७४ वर्षसम्मका रहेका छन्।

कोरोना बढ्दै गएपछि चितवनमा पनि निषेधाज्ञा जारी छ। एक साता अघि गरिएको निषेधाज्ञा आज सकिँदै छ। फेरि निषेधाज्ञा थप्ने तयारी भइरहेको जनाएको छ।

 

प्रकाशित मिति: १०:१२ बजे, शुक्रबार, भदौ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्