थप ११२० जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ११२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाडौं, भदौ १७ : नेपालमा थप ११२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११२० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ। संक्रमितमध्ये २३ हजार २९० जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट २५१ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार बुधबारमात्रै कोरोनालाई जितेर १११२ जना घर फर्किएका छन्।
प्रकाशित मिति: १६:१९ बजे, बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार