Kathmandu Press

कोरोना संक्रमणबाट वीरगञ्ज र पाल्पामा एक-एक जनाको मृत्यु

वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज–१२ मुर्लीकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।
कोरोना संक्रमणबाट वीरगञ्ज र पाल्पामा एक-एक जनाको मृत्यु

काठमाडौं, भदौ १३ : वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज–१२ मुर्लीकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार दिउँसो २ बजेतिर नारायणी अस्पतालमा भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । न्युन रक्तचापको समस्याले ग्रसित उनलाई पखाला पनि लागेको थियो ।

त्यसैगरी लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचाररत एक कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको छ । पाल्पको तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको मृत्यु भएको हो ।

भदौ ५ गते स्वास्थ्यमा समस्या भएपछि मेडिकल कलेज गएकी उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति: ०८:०४ बजे, शनिबार, भदौ १३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्