‘सामाजिक सुरक्षाको अवधारणा र महत्वबारे बुझ्न जरुरी’
सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको आयोजना तथा सेभ द चिल्ड्रेन र वि सोसियल मुभमेन्टको सहकार्यमा यही साउन ९ र १० गते काठमाडौँको बौद्धमा दुई दिने आवासीय अभिमुखीकरण कार्यक्रम भएको हो।-(4)-1753614161.jpg)
काठमाडौं, साउन ११ : सञ्चारकर्मीहरूका लागि सामाजिक संरक्षण तथा सुरक्षा सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको आयोजना तथा सेभ द चिल्ड्रेन र वि सोसियल मुभमेन्टको सहकार्यमा यही साउन ९ र १० गते काठमाडौँको बौद्धमा दुई दिने आवासीय अभिमुखीकरण कार्यक्रम भएको हो।
त्यस अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रकाशकुमार श्रेष्ठले नेपालको सामाजिक सुरक्षाको समग्र अवस्थाबारे जानकारी दिँदै यसको अवधारणा, पहुँच र महत्वबारे जानकारी दिएका थिए।
त्यसैगरी राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका सानुबाबु अधिकारीले गैह्र योगदानमा आधारित सामाजिक सुरक्षा, कानुनी प्रावधान र डाटा व्यवस्थापनका विषयमा जानकारी गराएका थिए।
कार्यक्रममा सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीले योगदानमा आधारित सामाजिक सुरक्षाको नीतिगत प्रावधानबारे जानकारी दिँदै सामाजिक सुरक्षाको प्रयोग गरी यसबाट प्राप्त हुने सुविधाहरू लिन आग्रह गरेका थिए।
उनले बिरामी हुँदा, दुर्घटनामा पर्दा, अशक्त हुँदा, मृत्यु हुँदा, बुढेसकालमा कमाउन नसक्दा, बेरोजगार हुँदा तथा गर्भावस्था वा सुत्केरी हुँदा सामाजिक सुरक्षा कोषले सहयोग गर्ने जानकारी दिए।
यसैगरी सेभ द चिल्ड्रेनका हेमन्त दँगालले विपद् संवेदनशील सामाजिक सुरक्षा र यसको अवधारणाबारे जानकारी दिँदै पछिल्लो समय विपद्को प्रकारसँगै यसबाट प्रभावित हुनेहरूको संख्या बढिरहेको बताएका थिए।
विपद्पछि त्यसबाट प्रभावित कति हो भनेर यकिन गर्न समय लागिरहेको भन्दै उनले विपद् संवेदनशील सामाजिक सुरक्षा थुप्रै उपायहरूमध्ये उपयुक्त उपाय भएको बताएका थिए।
यसैगरी कार्यक्रममा बोल्दै सामाजिक सुरक्षा नागरिक समाज सञ्जालका अध्यक्ष तिलोत्तम पौडेलले विपद्सँगै सामाजिक सुरक्षाका विषयमा धेरैलाई जानकारी हुन नसकेको भन्दै यसको विषयमा सबैलाई जानकारी हुन आवश्यक रहेको बताएका थिए।
उनले यसको विषयमा आम नागरिकलाई जानकारी गराउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने भन्दै उनले विपद् र सामाजिक सुरक्षाको क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्नेगरी तयारी भइरहेको जानकारी दिएका थिए।
त्यस अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका उपसचिव गोमादेवी चेम्जोङले राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण सम्बन्ध मापदण्डका विषयमा विस्तृत जानकारी दिएका थिए।
त्यस अवसरमा विद्यमान प्रणालीभित्रका मुख्य चुनौती, कमजोरी र अवसरहरू उजागर गर्ने, सञ्चारकर्मीहरूबाट सुझाव संकलन गरी सामाजिक संरक्षण नीतिको प्रभावकारी सञ्चार र वकालतबारे छलफल गरिएको थियो।
यसैगरी कार्यान्वयनको अवस्था, योगदानमा आधारित योजनामा सञ्चालित कार्यक्रमहरू, विपद् संवेदनशील सामाजिक सुरक्षाको अवधारणा र यसको मापदण्ड र समूहगत कार्यः पहुँच, समानता, कार्यान्वयन चुनौती र सञ्चारको भूमिका विश्लेषणबारे छलफल भएको थियो।



-1765194974.jpg)





-1765194974.jpg)


